Tuesday, 22 May 2012 04:14 pm, Nepal

भाइरज ज्वरोले सयौं बिरामी

एजेन्सी : 2010-09-08 12:25:44


गोरखामा विद्यालय वन्द

भोजपुर, २३ भदौ

भोजपुरको अधिकांस गाविसमा भाइरल ज्वरोले सर्वसाधारण बिरामी परेका छन् । तीन सातादेखि परेको अविरल बर्षाले भाइरल फिवर बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयका अनुसार टाउको दुख्ने, ज्वोरो आउने, घाँटी दुख्ने, रुघाखोकी र टाइफाइडका बिरामी अस्पताल आउने गरेका छन् । बिद्यालय जाने बिद्यार्थी, केटाकेटीदेखि बृद्धबृद्धासम्म बिरामी परेका छन् । 'गाउँमा बिरामी निकै छन्, अस्पताल आउने क्रम जारी छ,' जिल्ला अस्पतालका डा.नरेन्द्र झाले भने, 'बहिरङ र आकस्मिक सेवामा बिरामी भर्ना हुनेको संख्या बढ्दो छ ।'

बहिरङ सेवामा आएका धेरैजसो बिरामीलाई टाइफाइड भएको छ ।

पानी परेपछि दुषित खानेपानी, फोहर वातावरण र खानपीनका कारण बिरामी फैलिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका बिभिन्न उपस्वास्थ्य चौकीमा टाउको दुख्ने, ज्वोरो आउने, रुघाखोकी, छाती दुख्ने, झाडापखाला, वान्ता आउने लक्षणका बिरामी दैनिक २० देखि ३० जना भर्ना हुने गरेका छन् । सदरमुकाम स्थित जिल्ला अस्पतालको आकस्मिक सेवामा दैनिक २० भन्दा बढी बिरामी आउने गरेका छन् । आकिस्मक सेवामा बिरामी राख्ने ठाउँ नहुँदा भूईंमा राख्नुपर्ने बाध्यता छ । उत्तरी भोजपुरको दिंलास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ७० देखि ८० जना बिरामी आउने गरेका छन् ।

स्वास्थ्य केन्द्र प्रमुख उमेश यादव आफै बिरामी भएका छन् । 'बिरामीको उपचार गर्दागर्दै म आफैं बिरामी हुन पुगें,' प्रमुख यादवले भने, 'बिरामीको चाप धान्नै नसक्ने गरी आउँछन् ।' उत्तरी भेगको मूलपानी, केउरेनीपानी, तुङगेछा, खार्तम्छा, किमालुङ, कुदाककाउले, नेपालेडाँडा, कुलुङ, चौकिडाँडा, खाटाम्मा, दोभाने गाबिसबाट बिरामी आउने गरेको यादवले बताए । उपस्वास्थ्य चौकीबाट उपचार सम्भव नभएका बिरामीलाई  स्वास्थ्य केन्द्र र  जिल्ला अस्पतालमा  पठाउने गरेको छ ।

गोरखामा विद्यालय वन्द

साता यता फैलिएको भाईरलका कारण गोरखाको उत्तरी दर्गम गाविस उहियामा रहेको सातकन्या निम्न माध्यमिक विद्यालय बन्द भएको छ ।

मंगलबार बसेको ब्याबस्थापन समितिको बैठकले बुधबारबाट विद्यालय बन्दा गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद खनालले बताए । खनालका अनुसार शिक्षक, विद्याथी र गाउँले सबै बिरामी परेपछि आजबाट एक हप्ताका लागि विद्यालय बन्द गरिएको हो । सो गाविसको एक, दुई र तीन वडामा भाईरलको प्रकोप फैलिएको छ ।

स्वास्थ्य चौकी छ घण्टा टाढा भएकाले उपचारका लागि स्थानिय तथा विद्यार्थीहरु जान सकेको छैनन् । भाईरल फैलिएको समाचार पाएर गाउँमै उपचार गर्न गएको स्वास्थ्य टोलीले समेत झाडापखालाको औषधी ल्याएकाले उपचारमा थप समस्या भएको विद्यालय ब्याबस्थापन समितिका अध्यक्ष देव गुरुङ्गले बताए ।

-kantipur

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु