


तेह्रथुम, ३ असोज : अविरल वर्षाले तेह्रथुमको फुलेक ७ चम्फुलामा आधा दर्जन परिवारको खेतबारी बगाउँदा ४ लाख मुल्य बराबरको क्षति भएको छ । पहिरोले पाक्न लागेको कोदो, धान र थन्क्याउने बेला भएको मकै बाली समेत बगाएर क्षति पुर्याएको छ ।
एक साता देखी परेको लगातार मुसलधारे पानीले भिम बहादुर राई, विष्णु कुमार राई, रास बहादुर राई, मन बहादुर राई, टिकाराज राई लगायतका गाउँलेको खेतबारी पहिराले बगाएको हो । वर्षाले अलैंची र उत्तिसको जंगल समेत बगाएकाले ३ लाख भन्दा बढीको क्षती भएको स्थानिय कर्ण बहादुर गुरुङले बताए । पहिरोले फुलेक ३ का लाल बहादुर पौडेलको १२ मुरी बीउको धान खेती बगाउदा १ लाख बराबरको क्षति भएको छ ।
पहिरो स्थानिय मन बहादुर र टिकाराज राईको घर नजिक आई पुगेकाले पिडितहरू जोखिम बढेको भन्दै सुरक्षित बास स्थानको खोजीमा निस्कीएका छन् ।