


दार्चुला, ८ असोज : साना जलविद्युत् केन्द्रको टर्वाइनमा खराबी आएपछि जिल्ला सदरमुकाम एक सातादेखि अन्धकार बनेको छ । विद्युत् आपूर्ति नहुँदा सदरमुकाम खलङ्गालगायत छापरी, काँटै र धाप गाउँ विकास समितिका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । करिब २५ वर्षअघि निर्माण गरिएको केन्द्रको नियमित मर्मतसम्भार नहुँदा टर्वाइन बिग्रिएको स्थानीयवासीले बताएका छन् । विद्युत्सेवा बन्द हुँदा टेलिफोन सेवा पनि प्रभावित भएको छ ।
टर्वाइन मर्मतका लागि प्राविधिक र सामान मगाइएको दार्चुला विद्युत्का प्रबन्धक गेल्बुसिंह बोहराले बताए ।
यो विषयका प्रतिक्रियाहरु
Khadayat, Baril:Apr 7, 2011 04:35:56 PM
म जहिले पनि दार्चुला जान्छु, सधै अन्धकार नै अन्धकार हुन्छ, संकटकाल देखि स्थिति झन् झन् बिग्रदै गैरहेको छ,
When we can expect new change in new Nepal??