


भैरहवा, ७ कात्तिक : एमाले महासचिव ईश्वर पोखरेलले जारी
गतिरोधलाई सहमतिबाट समाधान खोज्न एनेकपा माओवादीलाई स्पष्ट राजनीतिमा आउन आग्रह
गरेका छन्। आइतबार
भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सत्ता साझेदारी, शान्ति प्रकृया र नयाँ संविधानका लागि दलिय सहमति हुन
नसके मुलुक
लामो द्धन्द्धमा जाने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै महासचिव
पोखरेलले एकआपसमा एकजुट नभइ बाह्रय शक्तिका आधारमा शक्ति बनाउँछु भन्नु हावादारी भएको बताएका छन् ।
उनले नेपाली राजनीतिक दलमा घरभित्रको समस्या समाधान गर्न छिमेकी गुहार्ने प्रवृति दुर्भाग्यपूर्ण भएको बताएका छन् ।