Tuesday, 22 May 2012 04:17 pm, Nepal

प्रहरीमाथि वाइसीएल आक्रमण

मेचीकाली : 2010-12-04 10:46:51


दुइ प्रहरी घाइते

 पाँचथर, १८ मंसिर : माओवादी भातृ संगठन वाईसीएलले पाँचथरमा शुक्रबार राति ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई प्रहरी घाइते भएका छन् । प्रहरीमाथि आक्रमण गर्ने वाईसीएलका जिल्ला अध्यक्ष लेन्जो भन्ने योगेन्द्र साउदेनसहित तीनलाई प्रहरीले मध्यरातमै पक्राउ गरेको छ ।  सदरमुकाम फिदिमबजारको ठाडो लाइनमा रहेको बबिता पान पसलमा पान खाएर रकम नतिरी उल्टै व्यवसायीलाई कुटपीट सुरु गरेपछि पुगेको प्रहरीमाथि वाईसिएलले आक्रमण गरेको थियो । आक्रमणबाट प्रहरी हवल्दार खड्ग श्रेष्ठ र जवान सुन्दर राई घाइते छन् ।

वाईसिएल अध्यक्षको नेतृत्वमा रहेका १०-१२ जना कार्यकर्ताले प्रहरी पुग्नासाथ एक्कासी आक्रमण गरेको प्रहरी नायब उपरिक्षक राजेशनाथ बाँस्तोलाले बताउनु भयो । वाईसीएलले प्रहरीको बर्दी च्यातिदिनुको साथै सञ्चार सेटसमेत मिल्काइदिएको थियो । मादक पदार्थ सेवन गरेको वाईसिएल समूहले प्रहरीमाथि आक्रमण गरेको प्रहरीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु