


काठमाडौ , १ पुस : खोटाङको लामीडाँडाबाट काठमाडौंका लागि उडेको तारा एयर लाइन्सको विमान दुर्घनाग्रस्त हुँदा मृत्यु भएका सबैको शव भेटिएको छ । शव सङ्कलनको काम सकिएकाले अहिले केहीबेरमा फिस्टेल एयरका हेलिकोपटरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ । बुधबार दिउँसो ३ बजेर ८ मिनेटको समयमा लामिडाँडाबाट उडेपछि सम्पर्कविहीन रहेको विमान ओखलढुङ्गाको विलन्दु गाविसको टकनी जंगलमा आज बिहान भेटिएको हो । विमानमा रहेका सबै २२ जनाको निधन भएको छ ।
मृत्यु हुनेमा विमानमा मुख्य चालकको रुपमा अनुप शाक्य र सहचालक सचिन्द्रसहित चालक दलका तीन सदस्य रहेका छन् ।
त्यस्तै यात्रुहरु यात्रुमा टिआर तामाङ, जी शेर्पा, के शेर्पा, एस तामाङ, एस तामाङ, आरटी तामाङ टीजी लामा, के डव्लु लामा, पी तामाङ, केएन लामा, जेडडी सेर्पा, एल डव्लु सेर्पा, एसवी लामा, टी सेर्पा, मिस टी वाई शेर्पा, पी डव्लु तामाङ, टीवी तामाङ, टी डव्लु सेर्पा र राष्ट्रियता नखुलेका छोडेक केल्साङ्ग रहनुभएको छ ।
विमान पालुङ्गे डाँडामा ठोकिएर दुर्घटना भएको पत्ता लागेको छ । तारा एयरको ९ एनए एफएक्स विमान चालक दलका तीन सदस्यसहित २२ जना दिएर बुधबार लामिडाँडाबाट काठमाडौंका लागि उडेको थियो ।