Tuesday, 22 May 2012 04:21 pm, Nepal

जीप दुर्घटनामा तीनजनाको मृत्यु

मेचीकाली : 2011-01-13 19:43:08


रामेछाप, २९ पुस : राकाथुम गाविसको लुभु बजारबाट हिलेदेवीतर्फ गइरहेको एक बोलेरो जीप खनिया पानी गाविस जोगीमारास्थित जङ्गलमा दुर्घटना हुँदा जिपमा सवार तीनजनाको घटनास्थलमा मृत्युभएको छ । मृत्यु हुनेहरुमा बेथान गाविस केसरी ध्वङ, रिता ध्वङ र हिलेदेवी गाविसका हरिमान कामी छन् । उक्त दुर्घटनाबाट कुमार बिक, सुस्मी केसी र चालक बम बहादुर तामाङ घाइते भएका छन् ।    घाइतेहरुको उपचारका लागि धुलिखेल लगिएको छ ।

   उक्त गाडी उकालोमा ब्याक गर्न लाग्दा दुर्घटना भएको र बाटोबाट करिब एक हजार मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  दुर्घटनाग्रस्त गाडीको नं. पत्ता लगाउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु