


अछाम,१८ माघ : अछाममा भीरबाट खसेर २ जनाको मृत्यु भएको छ । जिल्लाको भटाकाटिया गा.वि.स. वडा नं. ६ की ६० बर्षीया रती साउद र खप्तड गा.वि.स. वडा नं. ८ की १८ बर्षीय बीना कडायतको घास काट्ने क्रममा भीरबाट खसेर मृत्यु भएको हो । साउदको घटनास्थलमै र कडायतको उपचारको क्रममा स्वास्थ्य चौकी ल्याउदा ल्याउदै बाटोमै ज्यान गएको हो ।
रोल्पा - लिबाङ ४ रेउघाकी १३ वर्षीया बालिका सरीता घर्ति तीन दिनदेखि बेपत्ता भएकी छन् । गञ्जलाल घर्तिका साईली छोरी सरीता गत आइतबार साँझ खाना खाएर सुतेपनि बिहान उठ्ने बेला नभएको अभिभावकले बताएका छन् ।
स्थानीय जलजला प्राथमिक बिद्यालय कक्षा ३ मा अध्ययनरत छोरी बेखबर भएपछि अभिभावक चिन्तित भएका छन् । छोरीको खोजी गरिदिन उनीहरुले सबै पक्षलाई अनुरोध गरेका छन् ।