


रामेछाप, १ फागुन : सेवाग्राहीहरुसँग प्रत्यक्ष सरोकार राख्ने नापी कार्यालय रामेछाप घुस खाने अखडा वनेको छ । कार्यालयमा पियन देखि हाकिम सम्मले सेवाग्राहि सगँ घुस खाने गरेका छन् । कार्यालयमा काम लीएर जाने अधिकांस सेवाग्राहीहरु सँग घुस लिनेमा अमिन मुकेश झा र कार्यालय सहयोगी चेतप्रसाद घिमिरे अघि रहेका छन् । अमिन झाले खुल्लायाम रुपमा रकम असुल्ने गरेको सेवाग्राहीहरुले वताएका छन् । १९ जना दरवन्दी रहेको नापी कार्यालयमा २ जना कर्मचारीको भरमा मात्र काम गर्नु पर्दा नागरिकको काममा ढीलासुस्ती हुने गरेको छ ।
दरवन्दि नभएको फाइदा उठाउँदै अमीन झाले नियम अनुसार गर्नु पर्ने जग्गाको कित्ताकाट समेत रकम माग्ने गरेको सेवाग्राही रामप्रसाद देवकोटाले वताए ।
देवकोटाका अनुसार नापीमा काम लिएर जाने अधिकांश सेवाग्राहिहरु कर्मचारीहरुलाई पैसा खुवाउन वाध्य छन् । आफ्नो जग्गाको कित्ता काट गर्न कागजात लिएर नापी कार्यालय पुगेका मन्थली ५ का देवकोटाले कित्ता काट्गरिदिन अमिन झा सँग पटक पटक अनुरोध गरेका थिए । कागजात पेश गरेकोे ७ दिनसम्म पनि कित्ता काट नगरिदिएपछि आफ्नो लेखापढी व्यवसायी मार्फत वाध्यतावश काम सम्पन्न गर्नको लागि ६ सय रुपैयाँ दिएको र रकम दीनासाथ काम सम्पन्न भएको देवकोटाले वताए ।
जग्गा नापी गर्न जादा अमिन झा र कार्यालय सहयोगी चेतप्रसाद घिमिरेले फिल्डमा अनावश्यक कुराहरु गरेर आफुलाई वोल्न समेत प्रतिवन्द लगाउन खोजेको आरोप पनि देवकोटाले लगाए । मैले र मेरो श्रीमतीले जग्गा नापीको वारेमा सामान्य जानकारी लिन खोज्दा कार्यालय सहयोगी चेत प्रसाद घिमिरेले समेत अनावश्यक रुपमा अगाडी सरेर तलाई वोल्ने कुनै पनी अधिकार नभएको भन्दै हप्काएको पनि देवकोटाले वताए ।
लामो सयम सम्म लेखापढि व्यवसाय गर्दै आएका दिपक दाहालले यति धेरै बद्र्मासी नापी कार्यालयमा यस अघि कहिल्यै पनि थाहा नभएको वताएका छन् । नापी कार्यालयमा काम गर्न जाने अििधकांश सेवाग्राहिहरुले अहिले त्यहाँका कर्मचारीहरुवाट दुख पाउने गरेको दाहालले वताए । म पटक पटक कार्यालयमा जग्गाकाृुे कित्ताकाट गर्न जाँदा त्यहाका अमिन मुकेश झाले सवभन्दा वढि दुख दिने गरेका छन् दाहालले भने – एकै छिनमा सकिने काम भएपनि पैसा नआउने अवस्था देखे भने अमिन झा अररो हुँदै कार्यकक्षवाट वाहिरिन्छन् र खैनि हातमा लीए्र जतिसुकै भिड भएपनि सुनेको नसुनै गरेर वस्ने गरेका छन् ।
त्यसवाहेक अन्य सर्वसाधरण सेवाग्राहीहरुको कित्ताकाट र विभिन्न कामको सिलसीलामा पनि अमिन झाले कार्यालय भित्र र वाहीर गएर समेत रकम लिने गरेको गुनासो आउने गरेका छन् । दोरम्वा गाविस–४ का नाम वताउन नचाहने तामाङ्ग थरका एक सेवाग्राहिले भने – एउटा सानो कित्ताकाट गर्दा म सँग अमिन झाले ३ सय रुपैया नजरना लिए । किन ३ सय रुपैयाँ तीर्नु पर्ने भन्दा उनले तिम्रो काम हुदैन भनेर झर्कीएपछि मैले वाध्यतावश ३ सय रुपैया तिरेको हुँ तामाङले गुनासो गरे ।
त्यसैगरी आर्थिक मामिलामा मोलतोल गर्न नहिच्निकिचाउने झाले काम गर्ने सिलसिलामा निम्न र मध्यमस्तरका सेवाग्राहिहरुबाट समेत खुलेआम रुपमा रकम असुल गर्दे आएका छन् । उनले फिल्डमा गएर काम गर्दा समेत मनलागी रकम सेवाग्राहीहरु सँग लिनुका साथै जग्गा नापी गर्दा टाठा वाठा र पैसावालाको पक्षमा अन्धाधुन्द रुपमा नापी गर्ने गरेको आरोप सर्वसाधारणहरुले लगाएका छन् ।
नापीमा खुल्लमखुल्ला घुस चलेको कुरा सर्वव्यापी भएपनि नापी कार्यालयका प्रमुख टीकेन्द्र सिंह धामीले अहिलेसम्म आफुले कार्यालय भित्र आर्थिक लेनदेनको कुरा कतैवाट पनि नसुनेको वताए । आर्थिक लेनदेनको वारेमो अहिलेसम्म कहि कतैवाट पनि कुरा नउठेको धामीले वताए । कर्मचारीको अभावले सेवाग्राहिले चाहेको वेला काम नहुनाले त्यस्तो आरोप लाग्ने गरेको दावि धामिले गरेका छन् । मालपोत कार्यालयले नापी सँग समन्वय नगरि ७ नंं फाराम खुलाउदा नापी कार्यालयमा वढी कामको चाप वढेको उनले वताए । ‘यदी कतैवाट आर्थिक लेनदेनको कुरा प्रमाण सहित त्यसमा भने दोषीलाई नियम अनुसार कारवाही गर्न कार्यालय तयार छ’ प्रमुख धामीले भने ।
यस अघि पनि रामेछाप जिल्लामा पटक पटक नापी कार्यालय संग सम्बन्धित गुनासो सार्वजनिक हुदा समेत सम्बन्धित निकायले कुनै चासो राखेका छैनन् । दरवन्दि अनुसारको कर्मचारी खटाउन नापी विभागले नसकेको वहानामा रामेछापका नागरीकले नापी कार्यालयमा भएका कर्मचारीलाई कति समय सम्म घुस खुवाउनु पर्नेहो सर्वसाधारण यस्तै प्रश्न गर्न लागेका छन् ।