


जाजरकोट, १२ चैत : मात्रिका यादव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता शनिबार बिहान हतियारसहित पक्राउ परेका छन् । जाजरकोटको सीमा प्रहरी चौकीले सीमा गाविस- ९ स्थित बालुवाबजारबाट शनिबार बिहान एक बजे एक थान पेस्तोल, ५ थान गोलीसहित रोल्पा घोडा गाविस- ३ का श्रीधर कुँवर, 'सम्राट', प्युठान अर्घा गाविस एकका मिलन थापा र रोल्पा बुढागाउँ सिम्पानीका अमृत बुढा 'अजित'लाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथमा लेटरप्याड, पार्टी दस्तावेज र चन्दा रसिदसमेत बरामद गरिएको डीएसपी रामप्यारा खरेलले जानकारी दिए । उनीहरु चार दिन अघि सोही ठाउँमा डोजर जलाउने कार्यक्रमा संलग्न रहेको हुनसक्ने प्रहरी अनुमान छ ।