


हुम्ला, १९ चैत : हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट देखि सात कोष पश्चिम ठेहे गाउँ विकास समितिको मानेचौरमा वेवारिसे बम विस्फोटहुँदा शुक्रबार दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठेहे गाविस वडा नम्बर-३ निवासी चक्रबहादुर बोहोराकी ७ वर्षीया छोरी रस्मीता बोहोरा र कर्ण बोहोराको ८ वर्षीय छोरा मानबहादुर बोहोरा रहेका छन् । मृतक बालबालिकाको लास क्षत विक्षेत अवस्था फेला परेको र विस्फोट भएको स्थानम बमका कुनै टुक्रा फेला नपरेको प्रहरीले वताएको छ ।
बम पडकेको अवस्थामा अन्य कुनै व्यक्ति नभएकाले विस्तृत जानकारी पाउन नसकेको प्रहरीले वताएको छ । मृतक बालबालिकाको शव पोष्टमार्टमका लागी शनिबार सदरमुकाम ल्याउन लागेको निमित्त प्रहरी नायब उपरीक्षक खडगबहादुर भण्डारीले बताए ।