Tuesday, 22 May 2012 04:26 pm, Nepal

वेवारिसे बम बिस्फोटमा थप दुईको मृत्यु

मेचीकाली : 2011-04-02 11:42:09


डोल्पा, १९ चैत : अघिल्लो दिन हुम्लाको ठेहे गाउँको चौरमा भएको वेवारिसे बम विस्फोटमा दुई बालबालिका मारिए लगत्तै शनिबार विहान साढे नौ बजे कर्णाली अञ्चलको अर्कों जिल्ला डोल्पाको दुनैमा भएको विस्फोटमा थप दुई जनाको मृत्यु भएको छ।  दुनै ५ स्थित अक्कलबहादुर शाहीको घरमा विष्फोट हुँदा उनकी ५० वर्षीया पत्‍नी गौरी र ३० वर्षीया छोरी चाँदनीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनायो। बम कसले र किन राखेको हो भन्ने बारेमा केही खुलेको छैन। विष्फोटमा अक्कलबहादुरका भतिजा हिमाल शाही घाइते भएका छन्।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। विष्फोटले अक्कलबहादुरको २ तल्ले घर क्षतिग्रस्त भएको प्रहरीले जनायो। शुक्रबार साँझ हुम्लाको ठेहे मा पनि यस्तै घटना भएको थियो। उक्त विष्फोटमा ठेहे(३ का १० वर्षीय मानबहादुर बोहरा र ठेहे(५ की ८ वर्षीया अस्मिता बोहराको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु