


मुगु, १९ चैत : मुगु जिल्लास्थित श्रीकोट गाविसको चिमाढुङग्री खोला शुत्रबार राति माओवादी कार्यकर्ताले आक्रमण गरी ५ जना घाईते भएको र २ जना वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माओवादी आक्रमण बाट घाइते हुनेहरुमा नेपाली कांग्रेस महासमितिका सदस्य नवराज जैसी शिक्षक संघका अध्यक्ष जयबहादुर डाँगर गाउँ कार्यसमितिका सदस्य अमरबहादुर डाँगर पूर्णबहादुर सञ्ज्याल चन्द्रबहादुर बुढथापा रहेको प्रहरी नायब उपरीक्षक बिष्णुबहादुर कार्कीले बताए ।
बुधवार माओवादीको गम्था गाविसमा भईरहेको कार्यक्रममा कांग्रेसका केही कार्यक्रताले होहल्ला गरी कार्यक्रम बिथोलिदिएका र त्यसको बदलामा माओवादी कार्यक्रताले श्रीकोट प्रहरी चौकीमा उजुरी दिएको थियो । प्रहरी चौकीले शुक्रबार दुबै पक्ष लाई बोलाएकोमा कांगे्रसका कार्यकर्ता चौकीमा आएपनि माओवादीका कार्यकर्ता श्रीकोट गाविसको चिमाढुङग्री खोला लुकेर बसेका थिए । कांगे्रसका कार्यकर्ता घरतिर जाँदै गरेको बेला एक्कासि आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
डाक्टरको अभाव बिरामीको उपचार हुन नसकेपछि हेलिकप्टर बाट सुर्खेत नेपालगञ्ज लैजान गृहमन्त्रालयमा कुराकानी भईरहेको प्रजिअ राजेश पौडेलले बताए