Tuesday, 22 May 2012 04:27 pm, Nepal

पत्रकार महासंघ रामेछापको अध्यक्षमा टिका

मेचीकाली : 2011-04-06 17:24:29


रामेछाप, २३ चैत : नेपाल पत्रकार महासंघ रामेछापको हिजो भएको ५ औँ जिल्ला अधिबेशनबाट टिकाप्रसाद भट्टको अध्यक्षतामा निर्विरोध १२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सौजन्य सत्याल, सचिवमा सुमित श्रेष्ठ, सहसचिवमा केशव कालिकोटे, कोषाध्यक्षमा अप्रिल अधिकारी रहेका छन् । समितिको सदस्यहरुमा बेदबहादुर श्रेष्ठ, उद्धब कार्की, झम्क कणेँल, सन्तोष ढुङगेल रहेका छन् भने महिला र जनजाति सदस्यमा समितिको कार्यसमितिको बैठकले दुई जना सदस्य थप गर्नेछ । अधिबेशनले केन्द्रिय पार्षदमा बद्री नयाँघरे, नवराज पथिक, हिमाल ढुङगेल र रमेश श्रेष्ठ चयन गरेको छ ।
अधिबेशनको नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले उद्घाटन गर्नु भएको थियो । साथमा झाले महासंघको नवनिर्मित चार कोठे भवनको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल क्रान्तिकारी पत्रकार संघका केन्द्रिय अध्यक्ष महेश्वर दाहाल र नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि भोला थापाले नवनिर्वाचित महासंघका पदाधिकारीहरुलाई बधाई दिएका थिए । गत फागुन ४ गते हुनुपर्ने महासंघको निर्वाचन विवादका कारण हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु