ताप्लेजुङ, १० जेठ : ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहण गरी फर्कदै गरेका दुई हँगेरीयन नागरीकसहित दुई नेपालीको मृत्यु भएको छ भने एक कोरियन बेपत्ता भएका छन् । कञ्चनजंघा आरोहण गरी फर्किने क्रममा चार जनाको हिम पहिरोमा परी मृत्यु भएको हो भने एक बेपत्ता भएका हुन ।
तप्लेजुङ, ९ जेठ : ताप्लेजुङस्थित कञ्चनजंघा हिमाल आरोहण गरेर फर्कदै गरेका २ नेपाली सहित पाँच जनाको मृत्यु भएको छ । हिम पहिरोमा परी दुई जना नेपाली, २ जना हङगेरियन, र एक जना कोरियनको मृत्यु भएको याम्फुदिन गाविस स्थित याम्फुदिन गेष्ट हाउसका छ्युरिम शेर्पाले जानकारी दिनुभयो ।
ताप्लेजुङ, २१ वैशाख : नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले एकीकृत नेकपा माओवादी चुनावको विपक्षमा रहेको आरोप लगाउनु भएको छ । माओवादीको सरकार विरोधी अभिव्यक्तिबाट उसले दोस्रो संविधानसभाको चुनाव नचाहेको स्पष्ट भएको महतको भनाइ छ ।
ताप्लेजुङ, २१ वैशाख : विभिन्न माग राख्दै दिनहुँजसो हुने बन्द र हड्तालको कारण पुर्वको जनजीवन कष्टकर बन्न थोलेको छ । केहि दिन अघि मात्र यातायात मजदुरले गरेको बन्द खुल्नसाथ आजदेखि मञ्च सम्वद्व संघिय लिम्वुवान राज्य परिषदले पुर्वको ९ जिल्ला पुन बन्द गराउँदा पुर्वको जनजीवन विहानैदेखि प्रभावित बनेको छ ।
ताप्लेजुङ्ग, २८ चैत : ताप्लेजुङ्गको पाथीभरा दर्शन गरेर फर्कदै गरेका यात्रु चढेको ट्रयाक्टर हिजो साँझ दुर्घटना हुंदा ५ जनाको मृत्यु भएको छ । १९ जना घाइते छन् । ४ जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल ताप्लेजुङ्गमा उपचारको क्रममा मृत्यू भएको हो । घाइतेमध्ये गम्भीर ६ जनालाई एयर एम्बुलेन्सबाट उपचारका लागि काठमाडौं ल्याउन चिकित्सकले सुझाव दिएका छन् । दुर्घटनामा पर्ने सवै राजधानी र आसपासका जिल्लाका रहेको प्रहरीले जनाएको छ ।