ताप्लेजुङ, ३० कात्तिक : नेपाल सरकारले सङ्घीय लिम्बुवान राज्य परिषद्सँग आज वार्ता गर्ने भएको छ । आज दिँउसो १ बजे शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा वार्ता हुने तयारी भएको शान्ति तथा पुनः निर्माणमन्त्री सत्य पहाडीद्वारा परिषद्लाई जारी पत्रमा उल्लेख छ । पत्रमा पाँचजनासम्मको वार्ता टोली गठन गरी आउन भनिएको परिषद् बताएको छ ।
ताप्लेजुङ, २३ कात्तिक : कतारमा काम गरेर फकिर्एका ताप्लेजुङका एक युवक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन् ।गत असोज २० गते कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका ताप्लेजुङ सिनाम–४ का २३ वर्षीय वीरेन्द्र खरेल विमानस्थलबाटै बेपत्ता भएको दाजु गोपाल खरेलले जानकारी दिए । विमानस्थलमा इन्ट्री भएको देखिएको छ तर, मान्छे कता गयो थाहा छैन । – खरेलले भने ।
ताप्लेजुङ, १५ कात्तिक : ताप्लेजुङ जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको फर्म खोल्ने किसानको सङ्ख्या बढेको छ । छोटो समयमै हुर्कने र छिटो आम्दानी हुने भएकाले ब्रोइलर कुखुरापालनतर्फ आकर्षित भएको किसानहरुको भनाइ छ । करिब दुईवर्ष अघिदेखि जिल्लामा ब्रोइलर कुखुरा फर्म खोल्न सुरु भएको र हाल सदरमुकाम फुङ्लिङबजारका साथै आसपासका क्षेत्रमा मात्र ३०÷४० वटा फर्म खुलिसकेका छन् ।
ताप्लेजुङ, १० कात्तिक : बुधबार साँझपछि परेको वर्षासँगै हिमपात हुँदा पूर्वी पहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण जिल्लाको ओलाङ्चुङ्गोला, लेलेपको घुन्सा, फले, पापुङ तोक्पेगोला, याम्फुदिन, मामाङ्खे, कालीखोलालगायतका उत्तरी तथा हिमाली गाउँ विकास समितिका बासिन्दाको जनजीवन कष्टकर बनेको छ ।
ताप्लेजुङ, २७ जेठ : आफ्ना जिल्ला नेतालाई आक्रमण प्रयास गरिएको एमाले निकट युथफोर्सले आहृवान गरेको दुईदिने ताप्लेजुङ बन्द फिर्ता लिएको छ ।बन्दले जनजीवनमा असर पुगेको भन्दै युथफोर्सले आज दोस्रो दिनका लागि घोषणा गरेको जिल्ला बन्द फिर्ता लिएको हो । युथफोर्सले आफ्ना जिल्ला उपाध्यक्ष सञ्जय सुव्वामाथि एक अपरिचत समूहले आक्रमण प्रयास गरेको भन्दै आहृवान गरेको बन्दले बिहीबार ताप्लेजुङको जनजीवन प्रभावित भएको थियो ।