Tuesday, 22 May 2012 04:29 pm, Nepal

हेँवाखोला ‘ए’ बाट २६ मेघावाट विद्युत उत्पादन गरिने

मेचीकाली : 2011-01-08 17:50:50

पाँचथर, २४ पुस : पाँचथरको याङनाम र नाङ्गीनमा निर्माण गरिने  हेंवा खोला ‘ए’ जलविद्युत आयोजनाबाट २६ मेघावाट विद्युत उत्पादन गर्न सकिने पछिल्लो सर्वेक्षणले देखाएको छ ।  सो खोलामा सञ्चालन गर्न लागिएको परियोजनामा पाँचथर पावर कम्पनीले गरेको अघिल्लो सर्भेमा १२ मेघावाट मात्र विद्युत उत्पादन क्षमताको सर्भे गरे पनि योजनाको पछिल्लो डिटेल सर्भेले १४ मेघावाट क्षमता बढाएर २६ मेघावाट विद्युत उत्पादनको लागि अन्तिम प्राविधिक सर्भे निकालेको हो ।

पुरा पढ्नुहोस्

प्रहरीमाथि वाइसीएल आक्रमण

मेचीकाली : 2010-12-04 10:46:51

दुइ प्रहरी घाइते

 पाँचथर, १८ मंसिर : माओवादी भातृ संगठन वाईसीएलले पाँचथरमा शुक्रबार राति ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई प्रहरी घाइते भएका छन् । प्रहरीमाथि आक्रमण गर्ने वाईसीएलका जिल्ला अध्यक्ष लेन्जो भन्ने योगेन्द्र साउदेनसहित तीनलाई प्रहरीले मध्यरातमै पक्राउ गरेको छ ।  सदरमुकाम फिदिमबजारको ठाडो लाइनमा रहेको बबिता पान पसलमा पान खाएर रकम नतिरी उल्टै व्यवसायीलाई कुटपीट सुरु गरेपछि पुगेको प्रहरीमाथि वाईसिएलले आक्रमण गरेको थियो । आक्रमणबाट प्रहरी हवल्दार खड्ग श्रेष्ठ र जवान सुन्दर राई घाइते छन् ।

पुरा पढ्नुहोस्

पाँचथरमा व्यावसायिक कृषि कोषको बजेट खर्च भएन

मेचीकाली : 2010-11-29 18:14:13

पाँचथर , १३ मंसिर :  देशको आर्थिक मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रलाई व्यावसायिक बनाउन सरकारद्वारा निजी क्षेत्रको रूपमा स्थापित व्यावसायिक कृषि सङ्घ (सिएए) अन्तर्गत रहेको व्यावसायिक कृषि कोषको रकम लक्ष्यित वर्गसम्म पुग्न सकेको छैन । कमर्सियल एगि्रकल्चर एलायन्सका संस्थापक अध्यक्ष भोलाकाजी राईले चार वर्षअघि एसियाली विकास बैंकबाट प्राप्त अस्सी लाख डलरमध्ये केवल १९ प्रतिशत मात्र खर्च हुनसकेको जानकारी दिएका छन् ।

पुरा पढ्नुहोस्

देउसी विवादमा हत्या

मेचीकाली : 2010-11-06 09:05:26

पाँचथर, २० कात्तिक : सदरमुकाम फिदीममा देउसी भैलोको विवादमा दुई पक्षबीच खुकुरी हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार विहान साढे १ बजे फिदीमको तमु ग्यारेजस्थित देउरामा देउसी भैलोको विषयमा भएको विवादमा मेमेङ घर भई हाल फिदीम-१ मा बस्दै आएका तारेक भनिने प्रेम लिम्बुले खुकरी प्रहार गरी रानीटार-६ का २० बर्षीय सन्तोस गुरुङको हत्या गरेका हुन् । खुकरी प्रहारबाट गम्भीर घाईते भएका गुरुङको उपचारको क्रममा फिदीम अस्पतालमा मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

जग्गा माग्दा माओवादीको कुटाई !

मेचीकाली : 2010-10-02 21:50:40

पाँचथर, १६ असोज : पाँचथरको एकतीन गाविस–७ स्थित तत्कालीन माओवादी द्वन्द्वकालमा माओवादीले कब्जा गरेको जग्गा फिर्ता माग्दा माओवादीले जग्गा माग्नेलाई कुटेका छन् । तत्कालीन बिद्रोही माओवादीले मेमेङ–४ निवासी अर्जुन राईको जग्गा कब्जा गरी एकतीन–७ का एकीकृत नेकपा (माओवादी)का एरिया कमिटी सदस्य डिल्ली राईको परिवारले जग्गामा अलैँची खेती गर्दै आएका थिए । सो जग्गा उनलाई फिर्ता माग्दा दुईपक्षबीच झडप भएको हो । झडप हुँदा जीवन राईलगायत चारजना घाइते भएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु