Wednesday, 22 May 2013 07:15 am, Nepal

आमहड्तालका कारण जनजीवन कष्टकर बन्दै

मेचीकाली : 2013-05-06 09:58:42

इलाम, २३ बैशाख : मोर्चासम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्ले पूर्वी क्षेत्रमा गरेको आमहडताल तेस्रो दिनसम्म जारी रहँदा जनजीवन कष्टकर बन्दै गएको छ । नागरिकता वितरण र मतदाता सङ्कलन कार्य बन्द गर्नुपर्ने लगायतका माग राखी गत शनिबारदेखि गरेको बन्दका कारण अरुण–सप्तकोसी पूर्वका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सङ्खुवासभा र तेह्रथुम जिल्ला बढी प्रभावित भएका छन् भने मोरङ र सुनसरी जिल्लामा नगण्य असर परेको छ । हडतालका कारण सार्वजनिक यातायातका मजदुर, दैनिक रोजगारी गर्ने मजदुरहरु मारमा परेका छन् भने लामो तथा छोटो दूरीमा आवागमन गर्ने यात्रुहरु बिचल्लीमा परेका छन् भने बन्दको मारमा शिक्षण क्षेत्र पनि परेको छ । 

पुरा पढ्नुहोस्

मेची राजमार्ग अनिश्चितकालका लागि वन्द

मेचीकाली : 2013-05-02 08:43:51

इलाम, १९ वैशाख : सार्वजनिक यातायातका साधनहरु नचल्दा मेची राजमार्ग आज विहानैदेखी सुनसान भएको छ । यातायात सम्वद्ध मेचीका विभिन्न मजदुर संगठनहरुले यातायात वन्दको  आह्रवान गर्दा विहानैदेखी राजमार्ग सुनसान भएको हो । मजदुरहरुले ताप्लेजुङ्गदेखि झापाको चारआलीसम्म कुनै पनि सार्वजानिक गाडिहरु गुड्न नदिने वताएका छन् । 


पुरा पढ्नुहोस्

मेची राजमार्ग अनिश्चितकालिन बन्द

मेचीकाली : 2013-05-01 11:39:13

इलाम, १८ वैशाख : चालकलाई झुटा आरोप लगाएर दवावको भरमा प्रहरीले सार्वजनिक मुद्धा चलाएर थुनामा राखेको भन्दै पूर्वेलि स्वतन्त्र यातायात मजदुर संघले मेची राजमार्गमा चल्ने सबै गाडिहरु नचलाउने भन्दै आन्दोलनमा उत्रिएको छ ।


पुरा पढ्नुहोस्

एमालेसँग चुनावमा तालमेल हुन सक्ने काङ्ग्रेस सभापती सुशील कोईरालाको भनाई

मेचीकाली : 2013-04-20 14:35:11

झापा, ७ वैशाख : नेपाली काङ्ग्रेका सभापती सुशील कोईरालाले नेकपा एमालेसँग चुनावमा तालमेल हुन सक्ने बताउनु भएको छ । प्रेस युनियन झापाले आज बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा कोईरालाले चुनावमा लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो । 


पुरा पढ्नुहोस्

दुम्सीको दुलो खन्ने दुई पक्राउ

मेचीकाली : 2013-04-03 15:54:21

इलाम, २१ चैत : इलामको साँखेजुङ—४ मा ५७ फिट लामो सुरुङ खन्ने स्थानीय दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ । दुम्सी मार्नका लागि दुलो खन्ने साँखेजुङ—४ का धनकुमार राई र वडा नं ७ का धनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु