इलाम, ३० वैशाख : पश्चिमी इलामको इभाङ्ग–७ चिवुवा गाउ“ एक महिना यता अन्धकारमय छ । चिवुवामा सञ्चालित तामाखोला–चिवुवा लघुजलविद्युत आयोजना बन्द भएपछि गाउ“ अन्धकारमय भएको हो । आयोजना मर्मत गरिएको एक महिना पनि बित्न नपाउ“दै पुन बिग्रिएपछि त्यहा“का उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।
इलाम, ७ चैत : नेपाल विद्युत प्राधिकरण इलाम शाखाले विद्युत् महसुल नतिर्ने ग्राहककोे लाइन काट्न थालेको छ । महसुल नतिर्नेको बक्यौतासहित कालोसूचीमा प्रकाशन गर्दै लाइन काट्न थालेको हो । जिल्लामा पाँच करोड वक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
इलाम -इलाम जिल्लाको बरबोटेमा रहेको दुर्गा प्राथमिक विद्यालयमा हालै निःशुल्क वाईफाई इन्टरनेट जडान गरिएको छ । इन्टरनेट जडानपछि जिल्ला शिक्षा कार्यालयलाई पत्र पठाउन तथा कार्यालय र शिक्षा विभागबाट शीघ्र जानकारी लिन सहज भएको प्रधानाध्यापक जीतबहादुर कार्की बताउनुहुन्छ । शिक्षा विभाग तथा मन्त्रालय र जिल्ला शिक्षा कार्यालयले वेवसाइडमा राखेका कुरा हेर्न सदरमुकाम धाउनुपर्ने झन्झट टरेको उहाँको भनाइ छ ।
इलाम, २७ फागुन : जिल्लाको उत्तरी सीमावर्ती क्षेत्र जौबारी र जमुनामा भारतीय सीमा सुरक्षा बलले पालेका कुकुरले घरपालुवा जनावरलाई आक्रमण गरेर आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । कुकुरले एक महिनामा गोठका २३ वटा बाख्रा खाइदिएको जौबारीकी बिना गुरुङले बताउनुभयो । दिनभर ओडारमा बस्ने ती कुकुरहरू मार्न स्थानीयवासीले प्रशासनसमक्ष अनुरोधसमेत गरेका छन् ।
इलाम, २६ फागुन : माओवादीको लडाकुको प्रथम डिभिजन अन्तर्गत इलामको चूलाचूली मुख्यालय नजिकको खरबारीमा आगो लाग्दा एउटा घर जलेर नष्ट भएको छ । आगोले डिभिजनमा ल्याइएको खानेपानीको पाइप, विजुली र केबल तार जलेर नष्ट भएको डिभिजन कमाण्डर प्रतिक्षाले जानकारी दिनु भयो ।