Tuesday, 22 May 2012 04:32 pm, Nepal

यस्तो छ नेपाली समाज

मेचीकाली : 2010-10-04 09:00:23

कतै श्रीमतिको हत्या, कतै श्रीमान परेपछि आत्महत्या

इलाम, १८ असोज : नेपाली समाज पनि अचम्मको छ । यही समाजमा कतिपय यस्ता महिला पनि छन् जसले परपुरुषको सम्वन्धका कारण श्रीमानको हत्या गरेका छन् । अनि त्यस्ता पुरुष पनि छन् जसले कान्छीका लागि जेठीको हत्या गरेका छन् । अझ श्रीमानले श्रीमतिको हत्या गरेका घटना धेरै सार्वजनिक हुन्छन् । नेपाली समाजको यही चित्र देखाएको छ आज सार्वजनिक भएका दुई घटनाले ।

पुरा पढ्नुहोस्

कारवाहिको माग गदै मेची राजमार्ग अवरुद्ध

मेचीकाली : 2010-10-01 11:45:48

इलाम, १५ असोज : यातायात मजदुरमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै  इलामका यातायात मजदुरले शुक्रबार मेची राजमार्ग अवरुद्ध पारेका छन् । दुई दिनअघि मेची राजमार्गअन्तर्गत झापाको सरेडाँगीमा अज्ञात समूहको कुटाइबाट घाइते भएका मजदुरको उपचार, दोषीमाथि कारबाही र राजमार्गमा सुरक्षा व्यवस्था सुदृढ बनाउनुपर्ने माग गर्दै मजदुरहरूले राजमार्ग अवरुद्ध गरेका हुन् । अज्ञात समूहले ट्याक्सीचालक र सहचालकलाई आक्रमण गरी घाइते बनाएकाले आन्दोलन गरेको मजदुर नेता सुमन श्रेष्ठले बताए ।

पुरा पढ्नुहोस्

इलाममा पर्यटकको चहलपहल

मेचीकाली : 2010-09-27 10:15:49

 इलाम : इलामको उत्तरीपूर्वी भारतीय सीमावर्ती क्षेत्रमा पर्यटन आवागमनमा लगाएको प्रतिबन्ध खुला गरेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । सीमावर्ती भारतीय सिंहलिला राष्ट्रिय निकुञ्जले त्यहाँ पाइने विभिन्न प्रजातिका पशुपक्षीको प्रजनन्को समय सुरु भएको भन्दै गत जुन १५ देखि तीन महिनाका लागि पर्यटक आवागमनमा प्रतिबन्ध लगाएको थियो ।     प्रतिबन्ध खुला गरिएपछि इलामको मानेभञ्ज्याङदेखि गौरीवास, कालपोखरी हुँदै सन्दकपुरसम्मको ३१ किलोमिटर पर्यटकीय क्षेत्रमा पर्यटक आवागमन सुरु भएको जौवारीस्थित इन्द्र होटलका सञ्चालक पासाङ तामाङले बताए ।

पुरा पढ्नुहोस्

प्रहरीद्वारा अवैध सामान बरामद

मेचीकाली : 2010-09-23 18:22:42

इलाम, ७ असोज : पशुपतिनगर भन्सार छलेर अवैधरूपमा ल्याइँदै गरेका दुईवटा गाडीका सामान सशस्त्र प्रहरीको गस्ती टोलीले बिहीबार दिउँसो इलाम सदरमुकामबाट पक्राउ गरेको छ । भन्सार छलेर भारतबाट ल्याइँदै गरेको १२ बोरा चिनी, १२ कार्टन मिश्री, तीन बोरा रातो दाल, २५ किलो नरिवल, दुई बोरा चनाको दाल, दुई कार्टन साबुन, दुई कार्टन बिस्कुट, एक बोरा मटर, ३०९ बोरा सिरकको पला, काँचो धागो एक बोरा र पराग दुई पोका रहेको सशस्त्र प्रहरीका डिएसपी शरद न्यौपानेले बताए ।

पुरा पढ्नुहोस्

गोरुको पनि काज किरिया !

मेचीकाली : 2010-09-12 17:08:08

इलाम, २७ भदौ
मानिस मर्दा काज किरिया गरेको त सबैले देखे, सुनेकै हो तर खेत जोत्ने गोरु मर्दा किरिया गरेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । पूर्वी इलामको सोयाङ–५ का एक किसानले आफ्नो घरको गोरु मर्दा किरिया गरेका छन् । कपाल मुन्डन गरेर तीन दिनसम्म जुठो बारेर ब्राह्मण संस्कृतिअनुसार खेम आचार्यले गोरुको काजकिरिया गरेका हुन् । गत बुधबार राति बाँधिएको ठाउँमा गोरु मरेपछि उनले छाक छाडेर किरिया गरे । उनले गोरुको किरिया मानिस मर्दा गरे सरह गरेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु