Tuesday, 22 May 2012 04:32 pm, Nepal

इलाम र झापाका चिया कारखाना खुले

मेचीकाली : 2011-04-28 20:16:19

इलाम, १५ वैशाख :  इलाम र झापाका चिया कारखाना झण्डै दुई सातापछि आजबाट खुलेका छन् । प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा बुधबार काठमाडौंमा भएको वार्ता सहमतिमा टुंगिएपछि मजदुरहरु उद्योग खोल्न सहमत भएका हुन् । वार्तामा कारखानाका कर्मचारीका लागि सामाजिक सुरक्षा प्रणाली लागू गर्ने, सेवा सुविधा वृद्धि गर्ने र चिया क्षेत्रको विकासका लागि तत्कालीन र दीर्घकालीन समाधानका उपायहरुसहित सिफारिस गर्न कृषि मन्त्रालयको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गर्ने सहमति भएको थियो ।

पुरा पढ्नुहोस्

मत्स्यपालनका लागि किसानलाई माछाका भुरा

मेचीकाली : 2011-04-01 19:53:10

इलाम, १८ चैत : मत्स्यपालनका लागि जिल्ला कृषि विकास कार्यालयले किसानलाई माछाका भुरा वितरण गर्ने भएको छ । मस्यपालनमा लागेका यहाँका करिब १५ किसानलाई कार्यालयले सहुलियत दरमा भुरा उपलब्ध गराउन लागेको हो । कार्यालयले आगामी चैत अन्तिमसातादेखि किसानलाई भुरा वितरण गर्ने जनाएको छ । मत्स्य विकास केन्द्र फत्तेपुर सप्तरी र क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरीबाट विभिन्न जातका माछाका भुरा ल्याइएको जिल्ला कृषि विकास कार्यालयका सुरेश यादवले बताए ।

पुरा पढ्नुहोस्

दुर्घटनामा तीनजनाको न्यान गयो

मेचीकाली : 2011-03-31 13:49:39

इलाम, १७ चैत : इलामको बरबोटे गाविस–१ स्थित तोरीबारीमा बिहिबार दिउँसो भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिडाँडा–२ का तिलक राई तथा नाम खुल्न नसकेका एक बालक र अर्का एक व्यक्ति रहेका छन् । दुर्घटनामा परी नौजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा शान्तिडाँडा–३ का आशा लिम्बु, शान्त लिम्बु, सम्झना श्रेष्ठ, शान्तिडाँडा–४ का दिलबहादुर श्रेष्ठ, सविन श्रेष्ठ, शान्तिडाँडा–५ का दिलकुमार राई र झापाको खुदुनावारीस्थित भुटानी शरणार्थी शिविरका मनिता राई र इलाम नगरपालिकाकी प्रतिक्षा श्रेष्ठ रहेका छन् ।

पुरा पढ्नुहोस्

दुई महिनामा संविधान जारी हुन्छ: सभामुख

मेचीकाली : 2011-03-26 17:01:27

इलाम, १२ चैत : संविधान निर्माणका आधारहरु तयार भएकाले दलहरु एकवद्ध भए दुई महिनाभित्र संविधान जारी हुने संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले वताएका छन् । धेरै बिवादित विषय टुङ्गोमा पुगेको भन्दै सभाध्यक्ष नेम्वाङले केही विषयमा दलहरु अझ समझदारीमा आउन नसकेको वताए । संविधान निर्माण र शान्ति प्रकृया टुङ्गोमा पुग्नुको विकल्प नभएको वताउदै दलहरुले प्रतिवद्धता धेरै गरे  पनि ठोस काम नभएको वताए । 

पुरा पढ्नुहोस्

मेची राजमार्ग अनिश्चितकालीन बन्द

मेचीकाली : 2011-02-20 09:00:08

इलाम, ८ फागुन :  यातायात व्यवसायीहरुले सहकर्मीमाथि भएको कुटपीटको विरोधमा आइतबारदेखि मेची राजमार्ग अनिश्चितकालीन बन्द गराएका छन् । अपरीचित समूहले हिजो राँकेमा बस चालकलाई कुटपीट गरेको विरोधमा व्यवसायीहरुले राजमार्ग बन्द गराएका हुन् । यातायात बन्द हुँदा सर्वसाधारण, व्यापार व्यवसाय, शैक्षिक संस्था, कलकारखाना पनि प्रभावित भएका छन् । सुरक्षाको ग्यारेन्टी र दोषीलाई पत्ता लगाई कारबाही नभएसम्म बन्द जारी राख्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु