dashain
Thursday, 18 October 2018 07:05 am, Nepal

मकैको चिउरा उद्योगको शिलान्यास

मेचीकाली : 2018-10-14 13:00:06

दमक, २८ असोज : झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गर्नुभयो ।स्थानीय महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको चिउरा बनाउने उद्योग स्थापना गर्न लागेको हो ।

पुरा पढ्नुहोस्

पचास परिवार ४७ वर्षदेखि एउटै इनारमा निर्भर

मेचीकाली : 2018-09-23 08:17:48

भद्रपुर, ७ असोज : समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला ।दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकि त्यहाँका ५० परिवार अझै पनि एउटै इनारको पानीमा निर्भर छन् । स्थानीय गोपालप्रसाद गनगाईले टोलवासीले ४७ वर्ष पुरानो इनारबाट पानीको आवश्यकता पूरा गरिरहेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

फलफूल खेतिबाटै वाार्षिक १० लाख आम्दानी

मेचीकाली : 2018-08-22 09:01:15

झापा, ६ भदौ  : फलफूल खेति गरेर झापाका एकजना किसानले राम्रो आम्दानी गरिरहनुभएको छ । झापाको अर्जुनधारा नगरलपालिका ९ कालिकास्थानका दिनबन्धु थापाको बारीमा थरीथरीका फलफूल छन् । कुनै पाकेका, कुनै पाक्ने बेला भएका अनि कुनैचाहिँ भर्खर भर्खर फूल खेल्न थालेका ।

पुरा पढ्नुहोस्

छाप्रा जल्दा सात लाखभन्दा बढीको क्षति

मेचीकाली : 2018-05-31 16:16:52

दमक, १७ जेठ : झापाको दमक–३ स्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा तीन वटा छाप्रा पूर्ण रुपमा जलेको छ । आज बिहान भएको आगलागीले शरणार्थीका छाप्रा जल्दा रु सात लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई स्पष्टीकरण

रासस: 2018-05-14 14:58:48

दमक, ३१ वैशाख : सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसंग स्पष्टीकरण मागिएको छ । दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु