Tuesday, 22 May 2012 04:32 pm, Nepal

झापामा एक जनाले एक्लो प्रयासमा संविधान लेखेर सार्वजनिक

मेचीकाली : 2012-05-16 14:38:49

झापा, ३ जेठ : संविधान निर्माणमा मुख्य दलहरुसहित सिंगो संविधानसभा अलमलिइरहेको बेला झापा काँकरभिट्टाका एक व्यक्तिले एक्लो प्रयासमा संविधान लेखेर सार्वजनिक गर्नुभएको छ  । काँकरभिट्टाका ६८ वर्षिय ढाकाप्रसाद भट्टराईले १० महिना लगाएर लेख्नु भएको नेपालको सगरमाथा संविधान नाम दिएको संविधान आज पत्रकार सम्मेलन गरी नेपालको सगरमाथा संविधान सार्वजनिक गर्नुभयो । 


पुरा पढ्नुहोस्

पत्रकार यादव पौडेल हत्याका आरोपी मदन राईद्वारा प्रहरीसामू आत्मसमर्पण

मेचीकाली : 2012-04-19 16:15:50

झापा, ७ वैशाख : झापाका पत्रकार यादव पौडेलको हत्याको आरोप लागेका मदन राईले आज दिउंसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा आत्मसमर्पण गरेका छन् । पौडेलको हत्या भएलगत्तै फरार भएका राईले आफू हत्यामा संलग्न नरहेको दाबी गर्दै अनुसन्धानमा सहयोग गर्न आत्मसमर्पण गरेको बताएका छन् ।

पुरा पढ्नुहोस्

केटीकै कारण पत्रकार पौडेलको हत्या भएको खुलासा

मेचीकाली : 2012-04-11 09:45:05

पत्रकारिताका कारण हत्या भएको होइन : प्रहरी

झापा, २९ चैत : झापाका पत्रकार यादव पौडेलको हत्या केटीको चक्करका कारण भएको खुलासा भएको छ । उनको हत्या उनले पार्टनरसिपमा निकाल्न लागेको उज्यालो पूर्वका प्रकाशन एवं होट व्यावसायी युवराज गिरीले गरेको प्रहरीले बताएको छ । प्रहरीले आज बिहान पत्रकार सम्मेलन गरेर घटनाको विवरण सार्वजनिक गरेको हो ।

पुरा पढ्नुहोस्

पत्रकार यादव पौडेलको हत्याकाण्डको विवरण सार्वजनिक हुने

मेचीकाली : 2012-04-11 08:44:31

झापा, २९ चैत : झापाका पत्रकार यादव पौडेलको हत्याकाण्डका विषयमा प्रहरीले आज अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । झापा प्रहरीले अहिले केहीबेरमै पत्रकार सम्मेलन गरी हत्या हुनुको कारण, हत्यामा संलग्नहरुको विवरण लगायतका असुन्धानबाट प्राप्त जानकारी सार्वजनिक गर्ने भएको हो ।

पुरा पढ्नुहोस्

पत्रकार पौडेलको हत्यारा ३ दिनमा पत्ता लगाउने स्थानीय प्रशासनको भनाइ

मेचीकाली : 2012-04-05 15:30:28

झापा, २३ चैत :स्थानीय प्रशासनले झापाका पत्रकार यादव पौडेलको हत्यारा पक्राउ गरी ३ दिनभित्र घटनाको पूर्ण विवरण सार्वजनिक गर्ने बताएको छ । घटनाबारे सत्य तथ्य छानविन गर्न झापा पुगेको पत्रकार महासंघका अध्यक्ष शिव गाउँले नेतृत्वको टोलीसंग आज  प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले दोषीलाई छिट्टै पक्राउ गरिने बताउनुभएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु