झापा, २३ चैत : झापामा पत्रकार यादव पौडेलको हत्याको विरोधमा आज जुलुस निकालिने भएको छ । झापाको बिर्तामोडको मुक्तिचोकबाट जुलुस निकालिने भएको हो । केही बेरमा सुरु हुने ¥यालीमा नेपाल पत्रकार महासंघ, पत्रकार महासंघ जिल्ला शाखाका प्रतिनिधिसहित जिल्लाभरका पत्रकारहरु सहभागी हुने भएका छन् ।
झापा, २२ चैत : झापामा गएराती विभत्स हत्या गरिएका पत्रकार यादव पौडेलको स्थानीय कन्काई माईमा अपरान्ह अन्त्येष्टि गरिएको छ । पौडेलको शवयात्रामा सञ्चारकर्मी, स्थानीय व्यापारी, सर्वसाधारण लगायतको उल्लेख्य सहभागीता थियो । पौडेलको शव विर्तामोडस्थित नयाँबसपार्कको एक होटल परिसर नजिक आज बिहान फेला परेको थियो ।
झापा, २२ चैत : झापाका युवा पत्रकार यादव पौडेलको गएराति हत्या भएको छ । झापाको बिर्तामोडमा रहेको नयाँ बसपार्कमा अज्ञात् समूहले पौडेलको हत्या गरेको प्रहरीले जनाएको छ । पौडेल एभिन्यूज टेलिभिजन र राजधानी दैनिकका झापा संवाददाता तथा झापाको न्यू मेचीटाइम्स दैनिकका कार्यकारी सम्पादक पदमा कार्यरत हुनुहुन्थ्यो । मोरङको सिजुवा ९ घर भई पाँच वर्षदेखि झापामा रहेर पत्रकारिता गर्दै आउनुभएका ३८ वर्षका पौडेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर, २३ फागुन : झापामा एक महिना नबित्दै दोस्रोपटक बर्डफ्लु देखापरेको छ । जिल्लाको दक्षिणी भेगको कुमरखोद र टाघनडुब्बा गाविसमा घरमा पालिएका कुखुरामा बर्डफ्लु देखापरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । ती गाविसमा केही दिनअघि मरेका कुखुराको परीक्षणका लागि काठमाडौँस्थित केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा पठाइएको नमुनामा बर्डफ्लुको जीवाणु फेला परेको हो ।
झापा, २१ फागुन : अनमिनको प्रमाणिकरणमा नपरेका माओवादीका पूर्व माओवादी लडाकुहरुले आज गर्ने भनिएको नेपाल बन्द फिर्ता भएको छ । एमालेको राष्ट्रिय प्रतिनिधि परिषद बैठक र छैठौं राष्ट्रिय खेलकुदको समापनलाई मध्यनजर गर्दै बन्द फिर्ता लिइएको बर्हिगमित माओवादी लडाकु संघर्ष समितिका महासचिव कृष्ण दंगालले जानकारी दिनुभयो ।