Tuesday, 22 May 2012 04:33 pm, Nepal

झापामा सोह्र खानेपानी आयोजना थपिने

मेचीकाली : 2010-11-10 16:11:13

waterझापा, २४ कात्तिक : यसै वर्षबाट झापामा १६ वटा खानेपानी आयोजना थपिने भएका छन् । जिल्ला विकास समितिले जिल्लाका विभिन्न स्थानमा ती खानेपानी आयोजना निर्माण सुरु गरेको छ ।  तोपगाछीको कमलझोडा, महारानीझोडा, गौरादह, सतासीधाम, जुरोपानी, ग्वालडुब्बा, गौरीगन्ज, डांँगीबारी र जलथलमा मझौला खानेपानी आयोजना निर्माण भइरहेको जिविसले जनाएको छ । त्यस्तै दुर्गापुर, बनियानी, गोल्धापको कोलाटोली, गरामनी, चन्द्रगढी दोस्रो, काँकडभिट्टा दोस्रो र भालुखोप खानेपानी आयोजना पनि केही वर्ष अघिदेखि निर्माण गर्न थालिएका छन् ।

पुरा पढ्नुहोस्

‘प्रजातन्त्र खतरामा पर्न सक्ने सम्भावना’

मेचीकाली : 2010-11-04 18:07:30

sujataभद्रपुर, १८ कात्तिक : उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले संविधान लेख्न नसकेमा प्रजातन्त्र खतरमा पर्ने बताएकी छिन् । नेपाली काँग्रेस झापा–४ क्षेत्रीय समितिद्वारा विहिबार बिर्तामोडमा आयोजित दीपावली तथा छठपर्व २०६७ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री कोईरालाले संविधान लेख्न नसकेको खण्डमा प्रजातन्त्र खतरामा पर्ने सम्भावना भएकाले २००३ सालदेखि प्रजातन्त्रका लागि सङ्घर्षरत नेपाली काँग्रेसको बाटो र लक्षलाई कसैले बिर्सन नहुने बताएकी छिन् ।

पुरा पढ्नुहोस्

दमक बजार तनावग्रस्त

मेचीकाली : 2010-11-03 15:03:52

झडपमा तीन प्रहरी घाइते

झापा, १७ कात्तिक :   प्रहरी भ्यानको ठक्करबाट स्थानीय एक युवकको मृत्यु भएपछि झापाको दमक आज बिहानदेखि तनावग्रस्त बनेको छ ।आक्रोशित समूहले मृतकको शवसहित दमकस्थित इलाका प्रहरी कार्यालय अगाडि प्रहरी प्रशासनविरुद्ध नारा लगाएर यतिखेर बजार परिक्रमा गरिरहेका छन्  ।    पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, हत्यारालाई कारबाही गर्नुपर्ने माग सहितका दमकको विभिन्न चोकमा स्थानीय बासिन्दाले टायर बालेर चक्का जाम गरेका छन् ।    दमक बजार पनि बन्द भएको छ ।

पुरा पढ्नुहोस्

प्रहरीको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु

मेचीकाली : 2010-11-03 11:53:00

दमक, १७ कात्तिक : प्रहरीको गाडीले ठक्कर दिँदा दमक नगरपालिका–१२ का एक युवकको गएराति मृत्यु भएको छ ।     तीव्र गतिमा रहेको इलाका प्रहरी कार्यालयको गाडीले स्थानीय हाटखोलामा ठक्कर दिँदा २२ वर्षीय समन राईको मृत्यु भएको हो ।  गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान भारतको सिलगढीमा मृत्यु भएको हो । उक्त घटनाको विरोधमा स्थानीयवासीले आज दमकबजार बन्द गरेका छन् । 

पुरा पढ्नुहोस्

दुर्घटनामा सिपाहीको मृत्यु

रासस: 2010-10-30 11:23:21

झापा १३ कात्तिक :  झापाको चारआलीस्थित इन्द्रध्वज गणका एक सिपाहीको गएराति अनारमणि–३ मा सवारी दुर्घटनामा परी मृत्यु भएको छ । दाङ जिल्लाको तुलसीपुर बस्ने इन्द्रजित घर्तीमगरको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । उनी मोटरसाइकलमा गइरहेको अवस्थामा मोटरसाइकल सडकको रेलिङमा ठोकिएपछि गम्भीर अवस्थामा घाइते भएपछि उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा  ल्याउँदै गर्दा  बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु