भद्रपुर, १० माघ : गोदाममा राख्नका लागि लग्दै गरेको सुपारीलाई प्रहरीले पक्राउ गरेको विरोधमा आज व्यापारीहरूले काँकडभिट्टा बजार बन्द गराउनुका साथै नाकाबाट आवतजावतसमेत ठप्प पारी बिहान ७ बजेदेखि धर्नामा बसेका छन् । गत शनिबार राति सीमावर्ती नकलबन्दाबाट प्रहरीले रु १२ लाख ३९ हजार मूल्यबराबरको १२ हजार ३९० किलो सुपारी अवैध ढङ्गले भारत लान लागेको भन्दै बरामद गरेको थियो ।
भद्रपुर, ९ माघ : बङ्गलादेशसितको व्यापारमा सुरुदेखि नै अत्यधिक रुपमा निर्यात गर्दै आइरहेको नेपालको चालु छ महिनामा गत वर्षको सुरुको छ महिनाको तुलनामा निर्यात ओरालो लागेको छ भने आयातमा तुलनात्मक रुपमा वृद्धि भएको छ । नेपालले खासगरी अत्यधिक रुपमा कृषिजन्यपदार्थ निर्यात गर्ने गरिरहेको तर केही महिनादेखि बङ्गलादेशमा कृषिजन्य पदार्थको मूल्यमा गिरावट र अन्य मुलुकबाट बङ्गलादेशमा सस्तोमा कृषिजन्य पदार्थको निर्यातका कारण नेपालबाट निर्यात घटेको हो ।
झापा, ६ माघ : नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले कात्तिक १५ गते भएको सात बुँदे सहमति कार्यान्वयन नगरेर माओवादीले नयाँ नयाँ बखेडा झिकेर संक्रमणकाल लम्ब्याइरहेको आरोप लगाउनुभएको छ । एमाले मेची अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न झापाको धुलाबारी पुग्नुभएका अध्यक्ष खनालले सहमति विपरित समायोजनमा जाने लडाकुहरुको संख्याको किचलो झिकेर माओवादी शान्तिप्रक्रियामा संकट उत्पन्न गराउन उद्यत रहेको बताउनुभयो ।
भद्रपुर, २ माघ : ‘भूकम्प ! भूकम्प !! भन्दै मानिसहरु आत्तिएर घरबाट बाहिर निस्के । कतिपयले छानाबाट हाम फाले । हेर्दाहेर्दै एक मिनेटको अन्तरालमा हजारौँ घर ध्वस्त भए । केहीको ज्यान गयो भने कैयौँ घाइते भए ।’ यो घटना भएको चार महिना बितिसकेको छ । तर, यसको अवशेष ताजै छ । मानिसमा अहिले पनि भूकम्पको भयले मनमा बास गरेको छ ।
झापा, २९ पुस : नेकपा एमाले अध्यक्ष झलनाथ खनालले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले शान्ति र संविधान लेखनको बाँकी काम पूरा गर्न नसक्ने अवस्था नरहेको दाबी गर्नुभएको छ । आजदेखि झापाको बिर्तामोडमा सुरु भएको युवा सङ्घ नेपालको भेला उद्घाटन गर्दै अध्यक्ष खनालले मुलुकलाई राजनीतिक निकास दिनका लागि वर्तमान सरकारले राजीनामा दिनुको विकल्प नभएको पनि बताउनुभयो ।