संखुवासभा, ३१ वैशाख : संखुवासभाको जलजलामा एकै परिवारका तीन जनाको निर्मम ढंगले हत्या गर्ने जलजला २ का २९ वर्षीय सलबहादुर गुरुङलाई जिल्ला अदालत चैनपुरले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश शालिकग्राम कोइरालाको एकल इजलासले गुरुङलाई सर्वस्वहसहित जन्मकैदको फैसला सुनाएको हो ।
संखुवासभा, १६ चैत : नेकपा माओवादी कार्यकर्ताले फोटोसहितको नामावली संकलन नरोके भौतिक आक्रमण गर्ने धम्की दिएका छन् । उनीहरुले संखुवासभा सदरमुकाम खा“दबारीस्थित जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयमा फोन गरेर भौतिक आक्रमण गर्ने धम्की दिएका हुन् । धम्की पछि कार्यालयमा सशस्त्र प्रहरी खटाइएको छ ।
संखुवासभा, १५ फागुन : संखुवासभाको जलजला–२ तेर्सेमा एकै परिवारका ३ जनाको हत्या भएको छ । अज्ञात समुहले गएराती ६५ बर्षीया लाकबुट्टी शेर्पा, उनका नाती १५ बर्षीय दावा र नातिनी ९ बर्षीया अप्सराको हत्या गरेको हो । घटनास्थल सदरमुकामबाट करिब ६ घण्टाको पैदलदुरीमा रहेकाले प्रहरी पुगिनसकेकोले थप विवरण आउन नसकेको हो ।
संखुवासभा, २ पुस : नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादीले बेइमानी नगरे चाँडै सहमति हुने बताउनुभएको छ । माओवादीले मुलुकका यथार्थ स्थितिलाई ठिक ढंगले मनन गरे सहमतिको विन्दु टाढा नभएको खनालको भनाइ थियो ।
संखुवासभा, १७ असोज : संखुवासभामा पहिरोमा परि हराइरहेका दुईजना मृत अवस्थामा फेला परेका छन् । पहिरोले पुरिएर बेपत्ता भइरहेका संखुवासभा धुपु ८ ज्यामिरेका ५२ वर्षका दिलमाया राई र ४५ वर्षका कृष्ण घिमिरे आज मृत फेला परेको प्रहरी निरीक्षक अमतलात माझीले बताउनुभयो ।