Tuesday, 22 May 2012 04:34 pm, Nepal

खाना पकाउने ग्यासको अभाव

मेचीकाली : 2012-02-19 10:27:15

सङ्खुवासभा, ७ फागुन : खाना पकाउले एलपी ग्यासको अभावका कारण जिल्लावासी विशेषगरी बजार क्षेत्रका बासिन्दा समस्यामा परेका छन् ।ग्यासको अभावका कारण खाँदबारी १ की अन्जु राजवंशीको दिनचर्या नै डिलरकामा गएर ग्यास रुङ्ने भएको छ ।

पुरा पढ्नुहोस्

भिक्षुणीमाथि बलात्कार गर्नेलाई १२ वर्ष कैद

मेचीकाली : 2012-01-09 17:45:28

संखुवासभा,  २५ पुस : भिक्षुणीलाई सामुहिक बलात्कार गर्ने ५ जनालाई जिल्ला अदालत चैनपुर संखुवासभाले १२/१२ वर्ष कैदको सजायँ सुनाएको छ । जिल्ला न्यायधिस शालिग्राम कोइरालाको वन्द इजलासले उनीहरुलाई दोषी ठहर गर्दै आज सजाए सुनाएको हो । सामुहिक बलात्कार गर्ने मध्ये राजकुमार लिम्बु, भुवन कोरङगी, सोभित मगर र अभिषेख मगरलाई १२/१२ बर्षको सजायँ सुनाईएको छ ।

पुरा पढ्नुहोस्

बम बिस्फोटमा एकजनाको ज्यान गयो

मेचीकाली : 2011-12-26 14:05:52

खाँदबारी, ११ पुस  :  संखुवासभाको चैनपुर-४ स्थित मादी होटलमा सोमवार विहान बम विष्फोट हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । बिहान १० बजे भएको बम विष्फोटमा मर्नेको पहिचान हुन सकेको छैन । शरिर क्षतविक्षत अवस्थामा रहेकाले मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । बम कस्ले विस्फोटन गरेको हो भन्ने थाहा हुन सकेको छैन्  ।

पुरा पढ्नुहोस्

बालिकालाई बलात्कार गर्नेलाई १४ वर्ष कैद

मेचीकाली : 2011-12-19 17:34:47

संखुवासभा, ४ पुस : संखुवासभाको खा“दबारी १३ तुम्लिङटारकी एक दलित नावालिकालाई बलात्कार गर्नेलाई जिल्ला अदालत चैनपुरले आज १४ वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश शालिकग्राम कोइरालाको इजलासले सिरहा सितापुर ५ का सोभितलाल मुखियालाई १४ वर्ष कैदको फैसला सुनाएको निमित्त श्रेस्तेदार योगनारायण श्रेष्ठले बताउनुभयो ।

पुरा पढ्नुहोस्

पत्रकारलाई आक्रमण गर्नेलाई ५ बर्ष कैद

मेचीकाली : 2011-12-04 17:37:48

संखुवासभा, १८ मंसिर  : संखुवासभाका पत्रकार किसोर बुढाथोकी माथि आक्रमण गर्नेलाई जिल्ला अदालत चैनपुरले ५ बर्ष कैदको फैसला गरेको छ । न्यायधिस शालीग्राम कोइरालाको इजलासले बुढाथोकीलाई आक्रमण गर्ने बिकास राई र रुपक राईलाई आज ५/५ बर्ष कैदको फैसला सुनाएको हो । ज्यान मार्ने मुद्धा अन्तर्गत उनीहरुलाई ५/५ बर्षका लागि जेल चलान गरीएको निमित्त श्रेस्तेदार योगनारायण श्रेष्ठले बताए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु