संखुवासभा, १२ असार : सुनसरीको धरानबाट संखुवासभाको खाँदबारी आउदै गरेको यात्रुवाहक बसका चालक सहित ५ जनाको समूहले एक भिक्षुणी युवतीलाई सामूहिक बलात्कार गरेका छन् । ना २ ख १३९५ नम्बरको भावना ट्राभल्सको बसका चालक सहित ५ जनाले खाँदबारी नगरपालीका १३ स्थित सभाखोलामा शनिबार राति बुद्धधर्मालम्बी भिक्षुणीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
संखुवासभा, १२ चैत : संखुवासभाको बानेश्वर- ६ खाम्लिङमा शुक्रबार रातिबाट सुरु भएको आगलागी शनिबार अपरान्ह नियन्त्रणमा आएको छ । शुक्रबार राति १२ बजेबाट सुरु भएको आगलागी अपरान्ह नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सशस्त्र प्रहरी नायव उपरीक्षक जयबहादुर खड्काले जानकारी दिए । आगलागीमा १३ घर, ७ वटा कटेरा, ५ सय कुखुरा, ५५ खसि बाख्रा नष्ट भएका छन् ।
संखुवासभा, १२ चैत : संखुवासभाको बानेश्वर- ६ खाम्लिङमा भीषण आगलागी भएको छ । शुक्रबार राति १२ बजेबाट सुरु भएको आगलागीले १२ घर र ७ वटा कटेरा जलिसकेका छन् । करिव २० वटा घर जोगाउन सशस्त्र, जनपद प्रहरी र स्थानीय बासिन्दा प्रयाशरत छन् । आगो नियन्त्रणबाहिर रहेकोले प्रयाशः सम्मभव बाहिर रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक जयबहादुर खड्काले बताए । आगो नियन्त्रणमा सशस्त्र प्रहरीका २५, जनपदका ९ र करिव २ सय स्थानीय लागि परेका छन् । आगलागीले हालसम्म करिव १ करोड रुपैयाँ क्षति भइसकेको सशस्त्र प्रहरी प्रमुख खड्काले बताए ।
खाँदबारी, १ फागुन : खाँदबारी डेभलपमेन्ट बैंक लिमिटेडले प्रतिसेयर रु १०० अङ्कित दरको ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्नको लागि ग्रोमोर मर्चेन्ट बैंक लिमिटेड, दरवारमार्ग, काठमाडौँलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ । सो सेयर निष्कासन सम्झौतामा खाँदबारी विकास बैंक लिमिटेडको तर्फबाट अध्यक्ष श्यामसुन्दर उदास र सेयर निष्कासन तथा बिक्री प्रबन्धक कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे ।

झकमक्क लालीगुराँस, डाँडाभरि सेतै हिउँ, बसन्तपुरबाट गुफापोखरी हिँड्नेका आँखामा रातो हिउँले बास गर्छ। यसमाथि चौंरी-खच्चडको लाम, बाटैभरि नीला पोखरी। कञ्चनजङ्घा र मकालु हिमालको आधार शिविरलाई गन्तव्य बनाउने पदयात्री हुन् वा ताप्लेजुङबाट तमोर र सप्तकोशीमा र्याफ्िटङ गर्दै मधेश र्झ्ने चाहना राख्ने साहसी पर्यटक; सबैलाई तान्छ गुफा पोखरीले। हिमालको त के कुरा भयो र! मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण र सगरमाथा आफूसँगै कतै लामो यात्रामा निस्किएजस्ता लाग्छन्। तीनजुरे र मेन्छ्याम डाँडाबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यसँगै अरुण-तमोर उपत्यका हेर्न सकिन्छ।