भोजपुर, ९ जेठ : भोजपुर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको विद्यार्थी भर्नामा देखिएको विवादपछि दोहोरो ताला लागेको छ । मंगलबारमात्र अनेरास्ववियुले क्याम्पस चिफ, प्रशासन, परिक्षा र लेखा शाखामा तालावन्दी गरेकोमा हिजो एनेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी, नेविसंघ र अग्रगामी विद्यार्थी युनियनले संयुक्त रुपमा मुल गेटमै तालावन्दी गरेका छन् ।
भोजपुर, १० वैशाख : साउदीबाट नेपाल फर्कने क्रममा अध्यागमनमा कार्यरत प्रहरी हवल्दार परशुराम बस्नेतद्वारा बलात्कृत सीता राईको जवरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतले गरेको फैसलाप्रति उनका परिवारले असन्तुष्टी जनाएका छन् ।
भोजपुर, १३ चैत : भोजपुरमा सुरु भएको फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमलाई नेकपा–माओवादीले पहिलो दिनमै अवरोध गरेको छ । माओवादीले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमको पहिलो दिनमै कोट गाविसमा खटिएका टोलीबाट ल्यापटप, वेभक्याम, स्क्यानर व्याट्री, तारलगायतका सामग्री कव्जामा लिएको छ ।
भोजपुर, ११ चैत : भोजपुरमा आइतबार बिहान ट्याक्टर पल्टिँदा तीनजना विद्यार्थीको मृत्यु भएको छ । अरु तीनजना घाइते भएकामा एकजनाको अवस्था गंम्भीर रहेको प्रहरीले जनाएको छ । स्थानीय सगरमाथा उच्चमाविमा अध्ययनरत विद्यार्थी पढाइ सकेर र्फकने क्रममा उनीहरु चढेको ना ३ त ७००७ नम्बरको ट्याक्टर होम्ताङ ५ मा सडकबाट करिब ३० मिटर तल खसेको थियो ।
भोजपुर, २९ मंसिर : आउँदो पौष १ गते बाट भोजपुर बसपार्कदेखि सिधै धरानसम्म बस सेवा सुरु हुने भएको छ । मध्य पहाडी वस व्यवसायी संघ भोजपुर तथा धरानका विभिन्न ५ वटा बस व्यवसायी संघको सहमतिमा पुस १ गतेदेखि भोजपुरदेखि सिधै धरानसम्म बस सञ्चालन गर्ने सहमति बनेको हो ।