भोजपुर, २ वैशाख : दश पाथी कोदोको साँवा व्याज तिर्न नसकेपछि साहुले लिलाम गरिदिएको भोजपुर मानेभञ्ज्याङ्गका एक दृष्टिविहीन तामाङ परिवारको घरजग्गा फिर्ता भएको छ । मानेभञ्ज्याङ गाविस–७ का दृष्टिविहीन राजमान तामाङले समयमा ऋण नबुझाउँदा छिमेकी साहु रामबहादुर खत्रीले २०६५ सालमा जग्गा आफ्नो आमाको नाममा पास गराएका थिए ।
भोजपुर, ७ चैत :भोजपुरको खारताम्छा–१ चाम्लादाङस्थित एउटा घरमा तीन जना मृत फेला परेका छन् । स्थानीय प्रेम दोर्जे शेर्पाकी श्रीमती, ३ वर्षिय छोरा र छिमेकी लाक्पा शेर्पाका ९ वर्षिय छोरा आज विहान मृत फेला परेको प्रहरीले जनाएको छ । प्रेम दोर्जे रोजगारीका लागि मलेसियामा रहेकाले सो घरमा उनकी श्रीमती र छोरा मात्र बस्दै आएको स्थानीयले बताएका छन् ।
भोजपुर, २८ फागुन : भोजपुरमा नेपाली सेनाले सशस्त्र द्वन्द्वका समयमा राखिएका घरेलु विस्फोटक पदार्थ निष्कृय पार्ने कार्य सुरु गरेको छ । नेपाली सेनाको माइन डिस्पोजल टोलीले गोरखबहादुर गण परिसरक्षेत्रमा रहेका घरेलु विस्फोटक पदार्थ निष्कृय गर्ने कार्यलाई शुक्रबार देखि शुरु गरेको हो ।
भोजपुर, १० फागुन : गुप्तेश्वर र तिम्मा गाविसको बीचमा पर्ने सेती बगर भन्ने ठाँउमा हिजो बेलुकी सौराज पल्टँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । फागुनको ७ गतेबाट सुरु भएको ट्याम्के महोत्सवबाट भोजपुर फर्कने क्रममा चढेको सौराज पल्टँदा ३ जनाको ज्यान गएको हो ।
भोजपुर, ३० असोज : परिवर्तनका संवाहक मानिने युवाजगतहरू रोजीरोटीका लागि विदेसिने क्रम बढिरहेको बेला भोजपुरका महिलाहरू भने उद्यमशील बनिरहेका छन् । समाजमा बढेको व्याप्त बेरोजगारी समस्यामा युवा जमात विदेसिरहेको बेला स्वदेशमा नै बसेर आपनो सीप र दक्षताको सही सदुयोग गर्न सके केही गर्न सकिन्छ भन्ने उदाहरण दिएका भोजपुरका महिलाहरूले । यतिबेला आएर भोजपुरका महिलाहरू आफूले सिकेका सीपलाई उनीहरूले व्यावहारिक रूपमा उतारेपछि स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् ।
|