Saturday, 25 May 2013 03:05 pm, Nepal

समयमा नै उपचार नपाउदा तेह्रथुममा एक गर्भवतीको ज्यान गयो

मेचीकाली : 2012-07-11 11:33:13

तेह्रथुम, २७ असार : समयमा नै उपचार नपाउदा तेह्रथुममा एक गर्भवतीको ज्यान गएको छ । ह्वाकु ६ बस्ने ७ महिनाकी गर्भवती १८ वर्षीया विमला कालीकोटेको उपचार अभावमा  ज्यान गएको स्थानीय अक्कलबहादुर इङ्नामले जानकारी दिनुभयो । हिजो दिउँसो काम गर्न मेला गएदेखिनै कालिकोटे विरामी हुनुहुन्थ्यो । 


पुरा पढ्नुहोस्

शिक्षकलाई तबल दिन लिएर गएको १६ लाख बाटैमा लुटियो

मेचीकाली : 2012-06-28 08:38:11

तेह्रथुम, १४ असार : नकावधारी समूहले तेह्रथुम आठराईका दुई विद्यालयका शिक्षकहरुको तलव १६ लाख रुपैयाँ लुटेको छ । छातेढुंगाको पोखरी उच्च मावि र सरस्वती निमावि होडाका शिक्षकहरुको अन्तिम चौमासिक तलव बाटैमा लुटिएको हो । नकावधारी समूहले सदरमुकाम म्याङ्लुङ्गबाट विद्यालयको तलव लिएर फर्कदै गरेका शिक्षक र परिचरलाई कुटपिट गरी रकम रकम लुटेर लगेको प्रहरीले जनाएको छ । 


पुरा पढ्नुहोस्

तेह्रथुमको बासपानी गाउंमा भीषण आगलागी

मेचीकाली : 2012-02-15 19:35:34

तेह्रथुम, ३ फागुन : तेह्रथुमको ओख्रे–५ स्थित वाँसपानी गाउँमा भीषण आगलागी भएको छ । नजिकैको जंगलबाट सल्किएको आगो गाउँमा फैलिदा अहिलेसम्म ३ वटा घर जलेर नष्ट भएका छन् भने पुरै गाउँ जोखिममा परेको छ । प्रहरी र स्थानीयबासीको सहयोगमा आगो निभाउने प्रयास गरिएपनि नियन्त्रणमा आउन सकेको छैन ।

पुरा पढ्नुहोस्

पहिरोले बनायो बिचल्ली

मेचीकाली : 2010-09-19 10:54:49

तेह्रथुम, ३ असोज : अविरल वर्षाले तेह्रथुमको फुलेक ७ चम्फुलामा आधा दर्जन परिवारको खेतबारी बगाउँदा ४ लाख मुल्य बराबरको क्षति भएको छ । पहिरोले पाक्न लागेको कोदो, धान र थन्क्याउने बेला भएको मकै बाली समेत बगाएर क्षति पुर्‍याएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु