धनकुटा, ३ जेठ : धनकुटालाई प्रादेशिक राजधानी बनाउँन माग गर्नेहरुले आज धनकुटा बन्द गरेका छन् । धनकुटालाई प्रादेशिक राज्य नबनाएसम्म दवावमुलक आन्दोलन जारी स्थानिय विजय सन्तोषी राईले बताउनुभयो । बन्दका कारण कोशी राजमार्गमा आज बिहानैबाट यातायातका साधनहरु ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटा, ११ चैत : धनकुटा जिल्लामा वितेको ३ महिनामा आगलागीबाट १ करोड ६८ लाख ४४ हजार मुल्य वरावरको क्षति भएको छ, भने आगलागीमा परि ७ जनाको मृत्यु भएको छ । गएको पुस ६ गतेदेखि फागुण मसान्तसम्ममा भएको आगलागीका कारण मानवीय तथा जनधनको क्षति भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
धनकुटा, ११ चैत : करिब १२ वर्षभन्दा धेरै समयसम्म चलेको शसस्त्र द्वन्द्वका क्रममा धनकुटामा १ सय ५३ जना बालबालिका प्रभावित भएको पाइएको छ । प्रभावित भएका बालबालिकामध्ये बाबुआमा गुमाएका र अपहरणमा परेका बालबालिकाको सङ्ख्या धेरै रहेको पाइएको छ ।
धनकुटा, ३ चैत : कोसी राजमार्ग अन्तर्गत धरान धनकुटा सडक खण्डमा गोली चल्दा एक जना घाइते भएका छन् । धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा केहिबेर अघि नजिकैको जङ्गलबाट अज्ञात व्यक्तिले चलाएको गोली लागि ३५ वर्षिय धनञ्जय शाह गम्भिर घाइते भएका हुन् ।
धनकुटा, ८ फागुन : स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले राजनीतिक अस्थिरताको फाईदा उठाउदै सर्वोच्च अदालतले कार्यपालिका र ब्यवस्थापिकालाई ६ महिने अल्टिमेटम दिएको भन्दै त्यो मान्य नहुने बताउनुभएको छ । जनताको प्रतिनिधिलाई अदालतले अंकुश लगाउन नमिल्ने भन्दै स्थानीय विकास मन्त्री रायमाझीले कार्यपालिका र सर्वोच्चबीचको शितयुद्ध जेष्ठ १४ गतेपछि सकिने बताउनुभयो ।