धनकुटा, ७ पुस : धनकुटाको भीरगाउँमा लाग्ने मधुगङ्गा मेलाको सुरक्षामा गएको प्रहरी र स्थानीय युवाबीच झडप भएको छ। झडपमा प्रहरी जवान डोलनाथ ढकाल र स्थानीय २ युवा घाइते भएका छन्। युवती जिस्काएको भन्दै युवाहरुले प्रहरीलाई आक्रमण गरेको स्थानीय ईश्वर थापाले बताए। धान्य पूर्णिमाको अवसरमा लाग्ने मधुगङ्गा मेलाको अन्त्यमा फर्कने तयारीमा रहेका प्रहरीलाई मङ्गलबार साँझ ७ बजे स्थानीय युवाले आक्रमण गरेपछि झडप भएको प्रहरीले बताएको छ। स्थानीयले भने प्रहरीले युवती जिस्काएपछि आक्रमण गर्नुपरेको दाबी गरेका छन्।
धनकुटा, १६ मंसिर : माओवादी
कार्यकर्ताले भारतीय राजदूत राकेश सुदलाई दोस्रो पटक कालोझण्डा देखाएका छन्
। केही महिनाअघि सोलुखुम्बुमा कालोझण्डा देखाउँदै जुत्ता हानेको घटना
सेलाउन नपाउँदै बिहीबार धनकुटामा कालोझण्डा देखाउँदै सुदविरुद्ध प्रदर्शन
गरेका हुन् । माओवादीले सुद उपस्थित भएकै कारण उद्घाटन कार्यक्रमसमेत
बहिष्कार गरेका छन्। सुद गोकुलेश्वर उच्च माविको भवन उद्घाटन गर्न त्यहाँ
पुगेका थिए।
धनकुटा, १५ मंसिर :
पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर
थापाले प्रजातान्त्रिक शक्ति कमजोर बन्दै गएकाले मुलुक तथालिङ्ग र भताभुङ्ग
अवस्थामा पुगेको बताए । नेपाल पत्रकार महासङ्घ धनकुटाद्वारा आयोजित
पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री थापाले प्रजातान्त्रिक शक्ति
एकजुट नभएसम्म मुलुकले निकास पाउन नसक्ने दाबी गरे । अनमिन र प्रमुख
राजनीतिक दलको आग्रहको बेवास्था गर्दै शान्ति सम्झौता विपरीत माओवादीले
लडाकूलाई विस्तारित बैठकमा समावेश गरी शान्ति प्रक्रिया भङ्ग गरेको आरोप
लगाउँदै उनले अब नेपाली सेनालाई पनि सरकारले आफूखुसी परिचालन गर्न सक्ने
बताए ।
धनकुटा, ८ मंसिर : भौतिक पूर्वाधारलगायत सबै आवश्यक सुविधा उपलब्ध भएकाले धनकुटालाई सङ्घीय प्रदेशको राजधानी बनाउन उपयुक्त हुने यहाँका बुद्धिजीवी तथा राजनीतिक दलका नेताहरुले बताएका छन् । उनीहरुले शान्तिप्रक्रिया र संविधान लेखनका लागि तत्काल जनस्तरबाट खबरदारी गर्नु आवाश्यक भएकामा समेत जोड दिएका छन् । ‘संविधान लेखन, शान्तिप्रक्रिया र स्थानीय मुद्दा’ विषयक सार्वजानिक सुनुवाइ कार्यक्रममा आदिवासी जनजाति सङ्घका केन्द्रीय सदस्य आनन्दसन्तोषी राईले भौगोलिक, जातीय, भाषिक विविधताका साथै प्राकृतिक स्रोतसाधनका आधारमा समेत धनकुटा भरिपूर्ण भएकाले यसलाई सङ्घीय प्रदेशको राजधानी बनाउन उपयुक्त हुने विचार व्यक्त गरे ।
धनकुटा, १४ कात्तिक : शान्ति तथा
पुनःनिर्माणमन्त्री रकम चेम्जोङले राष्ट्रिय सहमतिको सरकार गठनका लागि
नेपाली काँग्रेस र एकीकृत नेकपा (माओवादी) ले दलीय हठ त्याग्नुपर्नेमा जोड
दिएका छन् । आईतबार बिहान कार्यकर्ता भेलामा मन्त्री चेम्जोङले प्रमुख
राजनीतिक दलबीच सहमति र सहकार्यको विकल्प नरहेको बतए । दलीय सहमतिमा नै
तोकिएको समयमा संविधान जारी गर्न सकिने भएकाले त्यसप्रति पनि गम्भीर हुन
उनले सभासद्हरुलाई आग्रह गरे ।