Wednesday, 19 June 2013 02:34 am, Nepal

दुहवीमा गोली चल्यो, स्थिति तनावग्रस्त

मेचीकाली : 2013-05-26 19:24:31

इटहरी, १२ जेठ : छब्बीस दिनअघि हत्या गरिएकी राधा मण्डलका हत्यारालाई प्रहरीले कारबाही नगरेको विरोधमा उत्रिएका दुहवीवासीमाथि प्रहरीले लाठी प्रहार गरी गोली र अश्रुग्याससमेत प्रयोग गरेपछि दुहवी बजार आज तनावग्रस्त बनेको छ । 


पुरा पढ्नुहोस्

स्थितिलाई नियन्त्रणमा लिन सुनसरीमा प्रहरीद्वारा अश्रुग्यास प्रहार

मेचीकाली : 2013-05-26 14:37:48

सुनसरी, १२ जेठ : स्थानीय एक महिलाको हत्यामा संलग्नलाई कारबाही नगरेको भन्दै सुनसरीको दुहबीका स्थानिय बासिन्दाले गरेको बन्दका क्रममा झडप भएको छ । कोसी राजमार्ग दुहबीमा यातायात बन्द गराएका स्थानीय र प्रहरीबीच भएको झडपमा केही प्रदर्शकारी घाइते भएका छन । प्रदर्शकारीले दुईजनालाई गोली लागेको दावी गरेका छन । 


पुरा पढ्नुहोस्

डाक्टरले नै काम नगरेपछि उपचार सेवा ठप्प

मेचीकाली : 2013-05-15 12:46:25

धरान, १ जेठ : मृगौला पत्थरीको शल्यक्रियाको क्रममा विरामीको मृत्यु भएपछि उनका आफन्त र चिकित्सकबीचको विवादका कारण धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहानदेखि सेवा ठप्प भएको छ । मृगौलामा रहेको पत्थरिको शल्यक्रिया गर्ने क्रममा धरान–११ सृजनामार्गकी ३० वर्षिया मनमाया तामाङको गएराती मृत्यु भएको थियो ।


पुरा पढ्नुहोस्

इटहरीका होटलमा झन्डै एक अर्बको लगानी

रासस: 2013-05-13 17:04:51

इटहरी, ३० वैशाख : पूर्वाञ्चलको आवागमन तथा पर्यटनको केन्द्रका रूपमा रहेको इटहरीमा पछिल्लो समयमा पर्यटन प्रवद्र्धनका विभिन्न गतिविधि बढेसँगै होटलमा लगानी गर्नेहरूको सङ्ख्या ह्वात्तै बढेको छ । दुई वर्षअघि झन्डै ३०० होटल रहेको इटहरीमा दुई वर्षको अन्तरालमा होटलको सङ्ख्या बढेर ५०० बढी पुगेका छन् ।


पुरा पढ्नुहोस्

सप्तकोशी नदीमा तीन जना वेपत्ता

मेचीकाली : 2013-05-09 16:18:59

सुनसरी, २६ वैशाख : सुनसरीको बराहक्षेत्र मन्दिर नजिकै सप्तकोशी नदीमा नुहाउने क्रममा आज अपरान्ह तीन जना वेपत्ता भएका छन् । मातातिर्थ आंैशीका अवसरमा नदि किनारमा श्राद्व गर्न आएका झापा शान्तिनगरका रमेश बास्कोटा, गोपाल बास्कोटा र काँकडभिट्टाका ज्ञानबहादुर बास्कोटा वेपत्ता भएका हुन् ।


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु