सुनसरी, २० वैशाख : ब्राह्मण समाज नेपालले आज एक दिनका लागि पुर्वाञ्चल बन्द गराएको छ । राज्यको पुनःसंरचना जातीय, भाषा, धर्मको आधारमा नभई भौगोलिक निकटता, प्रशासनिक अनुकूलता र उत्तर दक्षिण सीमा जोडिने गरी हुनुपर्ने माग गरेर बन्द आह्वान गरिएको हो । बन्दका कारण आज बिहानैदेखि पूर्वको जनजीवन प्रभावित भएको छ ।
सुनसरी, २५ चैत : नेकपा एमालेले आज सुनसरीको इटहरीमा पूर्वान्चलस्तरीय जनसभा गर्दै छ । शान्ति र संविधानका लागि दबाब सिर्जना गर्ने उद्देश्यले जनसभा गर्न लागेको एमालेले जनाएको छ । जनसभामा राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका, दृष्टिकोण, सरकारको काम कारवाही, शान्ति र संविधानलाई निष्कर्षमा पु¥याउन पार्टीले निर्वाह गर्दै आएको भूमिकालगायतका विषयमा कार्यकर्तालाई जानकारी गराइने भएको छ ।
मनाङ मस्र्याग्दीलाई हराँउदै मेघा थ्रिस्टार क्लवले १४ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबलको उपाधि जितेको छ । धरानस्थित एन्फा टेक्नीकल सेन्टरमा आज भएको फाईनल खेलमा थ्रिस्टारले मनाङलाई १-० ले हरायो । खेलमा थ्रिस्टारलाई विजयी गराउन मनाङकै पुर्व खेलाडि सन्तोष साह्खलले निर्णायक गोल गरे । जीतसँगै थ्रिस्टार क्लव ब्ढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको ईतीहासमा सर्वाधिक ४ पटक उपाधि जित्न सफल भएको छ ।
सुनसरी, १५ चैत : पुर्वी नेपालको सप्तरी र सुनसरी स्थित भारतीय सीमानालाई केन्द्रविन्दु बनाएर आज विहान पूर्वमा भुकम्प गएको छ । विहान ५ बजेर २७ मिनेटको समयमा ५ दशमलब २ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
सुनसरी, ९ चैत : तोकिएको म्यादभित्र पनि धरौटी बापतको रकम बुझाउन नसकेपछि सुनसरीको इटहरीमा रहेका ७ वटा मेनपावरमा सरकारले तालाबन्दी गरेको छ । बैदेशिक रोजगार विभाग काठमाडौंले अनुगमनलाई तिब्रता दिने क्रममा जिल्लामा ग्रैहकानुनी रुपमा कारोवार गर्दै आएका बैभब ओभरसिज, रिजोन ओभरसिज, मदरल्याण्ड, अलसण्डोल इम्प्लोइमेन्ट, एटलर्स, ट्रीपल र स्टार इन्टरनेशनल मेनपावरमा तालाबन्दी गरेको हो ।