Tuesday, 22 May 2012 04:39 pm, Nepal

पूर्वका जिल्लाहरुमा वैदेशिक रोजगार विभागको अनुगमन

मेचीकाली : 2012-03-21 11:09:54

सुनसरी, ८ चैत : वैदेशिक रोजगारमा गएका युवा युवती पछिल्लो समयमा ठगीमा पर्ने क्रम वढ्न थालेपछि वैदेशिक रोजगार विभागले पूर्वका जिल्लाहरुमा अनुगमन थालेको छ । विभागका शाखा अधिकृत गोपाल दाहाल सहित अनुसन्धान अधिकृत पुरुषोतम खतिवडा, हरि भट्टराई र प्रदिप ढकाल सहितको टोलीले सुनसरीबाट अनुगमन शुरु गरेको छ ।

पुरा पढ्नुहोस्

सुनसरीमा ४ जना गार्ड निष्काशित

मेचीकाली : 2012-03-20 13:18:31

सुनसरी, ७ चैत : एसएलसी परीक्षाको पहिलो दिन सुनसरीमा चार जना गार्डलाई परीक्षा केन्द्रबाट निष्काशन गरिएको छ। केन्द्रमा अमर्यादित काम गरेको भन्दै सुनसरीको हाँसपोसास्थित जनसहयोग उच्चमावि केन्द्रबाट एकजना, राष्ट्रिय उच्चमावि केन्द्रबाट दुई जना र पकली मावि केन्द्रबाट एक जना गार्डलाई निष्काशन गरेको जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले जानकारी दिनुभयो।

पुरा पढ्नुहोस्

शिक्षकहरुद्वारा आम हडताल घोषणा

मेचीकाली : 2012-03-10 08:28:38

इटहरी, २७ फागुन : विभिन्न ४७ सूत्रीय माग राख्दै आन्दोलनरत शिक्षकले यही फागुन २८ गतेबाट आम शैक्षिक हडताल गर्ने घोषणा गरेका छन् । आन्दोलनका क्रममा विद्यालयको वार्षिक परीक्षा स्थगित हुने र एसएलसी परीक्षामा पनि शिक्षक सामेल नहुने सुनसरीका शिक्षकले निर्णय गरेका छन् ।

पुरा पढ्नुहोस्

माओवादीले सेनामाथि हस्तक्षेप गरेको कांग्रेस सभापति कोइरालाको आरोप

मेचीकाली : 2012-03-06 17:50:54

इटहरी, २३ फागुन : नेपाली कांग्रेस सभापति सुशिल कोइरालाले एकीकृत माओवादीले सेनामाथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउनुभएको छ । लडाकुको समायोजन तथा पुनःस्थापना लगायतका विशेष समितिको अधिकार क्षेत्रभित्रको कार्यक्रमलाई समेत हस्तक्षेप गरी माओावादीले हस्तक्षेप गर्न खोजेको जनाउँदै माओवादीलाई कुनै हालतमा सफल हुन नदिने जनाउनुभएको छ ।

पुरा पढ्नुहोस्

पूर्वाञ्चल बन्द, बिहानैदेखि जनजीवन प्रभावित

मेचीकाली : 2012-03-02 08:45:07

सुनसरी, १९ फागुन : ब्राह्मण समाज नेपालले गरेको  पुर्वाञ्चल बन्दका कारण आज बिहानैदेखि पुर्वाञ्चलको जनजीवन प्रभावित भएको छ ।  बन्दका कारण झापा, मोरङ, सुनसरीसहितका अन्य जिल्लामा लामा तथा छोटा दुरीका कुनै पनि सवारी साधन चल्न सकेका छैन । त्यस्तै बजार पसल, शैक्षिक संस्था, कलकारखाना, ठप्प रहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु