Tuesday, 22 May 2012 04:40 pm, Nepal

दिउँसै गोली चल्दा एक घाइते

मेचीकाली : 2010-11-09 16:36:16

इटहरी, २३ कात्तिक : इटहरी नगरपालिकाको व्यस्त सडक बिपी चोकमा आज मध्याह्न १ बजेतिर एक अज्ञात समूहले रामेछाप बेतौन–७ का २५ वर्षीय सनक लामालाई गोली प्रहार गर्दा उनी गम्भीर घाइते भएका छन् । लामाको पछाडि ढाडमा गोली लागेको स्थानीय प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।     ढाडमा गोली लागेका लामाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ पु¥याएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । बा३४प १८ नं को पल्सर मोटरसाइकलमा रहेका लामालाई गोली हान्नुअघि त्यो समूहले बियरको बोतलले सडकमा हिर्काएको र त्यसपछि गोली हानेको सडकमा हिँडेका स्थानीयले बताएका छन् ।

पुरा पढ्नुहोस्

पूरै परिवार एचआइभी सङ्क्रमित

मेचीकाली : 2010-11-08 11:32:18

एचआइभी लागेपछि गाउँ छाड्न बाध्य

इटहरी, २२ कात्तिक : गरिबी, अशिक्षा र एचआइभी÷एड्सको सङ्क्रमणले परिवारलाई नै गाँजेपछि सुनसरी जिल्लाको एक सिमान्तकृत परिवारले गाउँ नै छोडेर अर्को जिल्लामा शरण लिन बाध्य हुनुपरेको छ । गरिबीको कारणले विभिन्न स्थानमा रोजगारीका लागि निक्लदा परिवारका सबैलाई एचआइभी सङ्क्रमण भएपछि गाउँलेहरुको छि छि  दूर दूर खेप्न नसकेर त्यो परिवार गाउँ नै छाडेर जानुपरेको हो । आमाबाबु र उनीहरुबाट जन्मिएका एक छोरा एक छोरीलाईसमेत एचआइभी सङ्क्रमण भएको पुष्टि भएपछि गाउँमा नै बस्न नसक्ने परिस्थिति सिर्जना भएकाले त्यो परिवारले गाउँ छाड्न बाध्य हुनुपरेको  छ ।

पुरा पढ्नुहोस्

पूर्वमा बढ्दो अपराध, बलात्कार ज्यादा

मेचीकाली : 2010-11-06 08:48:04

इटहरी, २० कात्तिक : राजनीतिक अस्थिरता, फितलो प्रशासन र अपराधी छुटाउन गरिने राजनैतिक दबाबका कारण नेपाली समाजमा आपराधिक क्रियाकलापमा वृद्धि हुने क्रम बढ्दो छ । पूर्वी नेपालको विभिन्न जिल्लामा आपराधिक कार्य गरी अदालत र जिल्ला प्रशासन कार्यालयबाट अपराध पुष्टि भई कारागार जीवन बिताउन आएका कैदी–बन्दीको तथ्याङ्कले त्यस्तो तथ्य बाहिर ल्याएको हो । क्षेत्रीय कारागार झुम्का सुनसरीमा रहेका कैदी–बन्दीको विवरणले त्यस्तो झलक प्रस्तुत गरेको छ ।

पुरा पढ्नुहोस्

छुट्टा छुट्टै दुर्घटनामा ५ जनाको मृत्यु

मेचीकाली : 2010-10-23 09:58:56

विराटनगर, ६ कात्तिक :  सुनसरी र स्याङ्जामा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । इटहरीबाट धरान आउँदै गरेको को ७ प ७९७२ नंम्बरको मोटरसाईकल र विपरीत दिशाबाट जादै गरेको को ४ प १७ ३४ नंम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालकहरु इटहरी-१ का प्रेम चौधरी इटहरी-२ का शुक्र रम्तेल र सोनापुर-२ का ३६ बर्षिया गौरव राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

सीमा-सुरक्षामा कडाइ

मेचीकाली : 2010-10-20 08:50:13

भारतको बिहारमा भोली चुनाव

इटहरी, ३ कात्तिक : भारतको विहार राज्यमा विहिबार हुने विधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै सीमासुरक्षामा कडाइ गरिएको छ । विहार राज्यसँग जोडिएका तराईका सीमानाकाहरुमा दुवै देशका स्थानीय सुरक्षा निकायले सुरक्षा जाँचलाई कडा पारेका छन् । दुवै मुलुकका सुरक्षा निकायले नेपालका मोरङ, सुनसरी, सप्तरी र सिराहाका सीमानाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी), नेपालको सशस्त्र सीमा सुरक्षा बल (एपीएफ) लगायत सुरक्षा अधिकारीको सक्रियतामा सूक्ष्मरुपमा जाँच भइरहेको सुनसरीको प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु