Tuesday, 22 May 2012 04:40 pm, Nepal

लिम्बुवानको वन्दले पूर्वको जनजीवन कष्टकर वन्दै

मेचीकाली : 2011-12-13 10:42:57

इटहरी, २७ मंसिर : लिम्बुवान राज्य परिषद् सञ्जुहाङ पालुङ्वा समूहले राज्य पुनःस्थापना आयोगमा प्रतिनिधित्व र ऐतिहासिक पृष्ठभूमिका आधारमा आत्मनिर्णयको अधिकारसहितका सङ्घीय लिम्बुवान राज्य घोषणा माग राखेर आह्वान गरेको अनिश्चितकालीन बन्द आज तेस्रो दिन पनि जारी रहेको छ । बन्दका कारण पूर्वी नेपालका नौ जिल्लामा यातायात चल्न सकेका छैनन् भने शिक्षण संस्था र बजार पसलहरु पनि खुल्न सकेको छैन ।

पुरा पढ्नुहोस्

बमको छर्रा लागेर प्रहरी प्रमुखसहित तीन घाइते

मेचीकाली : 2011-12-03 13:03:16

सुनसरी, १७ मंसिर : सुनसरीको इटहरी चोकमा खुम्बुमान राष्ट्रिय मुक्ति मोर्चाले राखेको बम डिस्पोजल गर्ने क्रममा सुनसरीका प्रहरी प्रमुख सहित तीन जना घाइते भएका छन् । नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतनाको डिस्पोजल टोलीले बम डिस्पोज गर्ने क्रममा सुनसरीका प्रहरी प्रमुख राजु मानन्धर , सर्वसाधारण सुरेन्द्र पोखरेल र अर्का ब्यक्ति घाइते भएका हुन् ।

पुरा पढ्नुहोस्

विचार नमिले महाधिवेशनसम्म पुग्दा पार्टी फुट्ने माओवादी महासचिव थापाको चेतावनी

मेचीकाली : 2011-11-23 13:45:18

सुनसरी, ७ मंसिर : एकीकृत नेकपा (माओवादी)का महासचिव रामबहादुर  थापा (बादल) ले पार्टीभित्र बढेको वैचारिक असहमति नेतृत्व पक्षले मिलाउने प्रयत्न नगरे महाधिवेशनसम्म पुग्दा पार्टी विभाजन हुन सक्ने बताउनुभएको छ । सुनसरीको धरानमा वैद्य पक्षका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन आउनुभएका महासचिव बादलले प्रशिक्षणपछि आयोजित पत्रकार सम्मेलनमा त्यस्तो विचार राख्नु भएको हो ।

पुरा पढ्नुहोस्

धरानमा आगलागी बीसलाख भन्दा बढीको नोक्सानी

मेचीकाली : 2011-11-19 12:20:55

धरान, ३ मंसिर : धरान नगरपालिका– १९ भिक्टोरिया चोकस्थित खड्गबहादुर लिम्बुको घरमा शुक्रबार साँझ आगलागी हुँदा कम्तीमा २० लाखाभन्दा बढीको नोक्सानी भएको छ । लोडसेडिङको बेला आगलागी भएकाले तत्काल आगो नियन्त्रण गर्न असम्भव हुँदा लिम्बुको घर पूरै जलेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस्

सभाषद ढुगेललाई सरकारले संरक्षण गर्न खोजको भन्दै धरानमा बिरोध प्रदर्शन

मेचीकाली : 2011-11-18 12:19:14

काठमाडौं, २ मंसिर : सर्वोच्च अदालतबाट सजाय सुनाइएका सभाषद बालकृष्ण ढुगेललाई सरकारले संरक्षण गर्न खोजको भन्दै आज धरानमा बिरोध र्याली निकालिएको छ। धरानका नेवार समुदायले निकालेको र्याली भानुचौक, छाताचोक, पुरानो बजार, माछाभौडी हुदै पुन भानुचौकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै नेवा देय दवूका सुनसरी सचिव तीर्थ मास्केले अपराधीलाई राजनीतिक आडमा संरक्षण गरेकोले त्यसको विरोधमा र्याली निकालिएको बताउनु भयो।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु