Saturday, 25 May 2013 10:40 am, Nepal

वार्ता नमिल्दा पेट्रोलपम्पमा मजदुरको हडताल कायमै

मेचीकाली : 2013-05-21 10:50:29

मोरङ, ७ जेठ : पेट्रोलियम मजदुर र व्यवसायीबीच सोमबार भएको वार्ता निष्कर्षमा पुग्न नसक्दा पूर्वाञ्चलका पेट्रोलपम्ममा पेट्रोलियम पदार्थको बिक्री सुचारु हुन सकेको छैन ।   जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार भएको वार्तामा दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि वार्ता असफल हुँदा पेट्रोलियम मजदुरले सुविधा बढाउन माग गर्दै थालेको हडतालका कारण बिक्री वितरण ठप्प भएको हो । 


पुरा पढ्नुहोस्

निर्वाचन अब रोकिन्न – अध्यक्ष खनाल

मेचीकाली : 2013-05-18 13:27:55

विराटनगर, ४ जेठ : नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले संविधानसभा निर्वाचन अब कसैको अवरोधबाट  नरोकिने बताउनुभएको छ । अध्यक्ष खनालले विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकको अहिलेको समस्याको एक मात्र समाधान निर्वाचन हो भन्नुभयो । 


पुरा पढ्नुहोस्

दुर्घटनामा एकको मृत्यु दुई जना घाइते

मेचीकाली : 2013-05-18 08:51:08

विराटनगर, ४ जेठ : मोरङको उर्लाबारीमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मिनी ट्रकले गएराती मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालक उर्लाबारी ४ का २३ बर्षिय योगेन्द्र कटुवालको मृत्यु भएको हो ।


पुरा पढ्नुहोस्

निर्वाचनमा शङ्का नगर्न गृहमन्त्रीको आग्रह

मेचीकाली : 2013-05-13 14:36:34

विराटनगर, ३० वैशाख :  गृहमन्त्री माधवप्रसाद घिमिरेले सरकारले कात्तिक अन्तिम वा मंसिरको पहिलो साताभित्रमा निर्वाचन गर्नेगरी मिति घोषणा गर्न लागेको बताउनु भएको छ । बिराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको कुराकानीमा मन्त्री घिमिरेले निर्वाचन नहुने हो कि भन्ने विषयमा शङ्का नगर्न आग्रह गर्नुभयो ।


पुरा पढ्नुहोस्

मोरङ र बर्दियामा दुई बालिका बलात्कृत

मेचीकाली : 2013-05-11 17:22:04

मोरङ, २८ वैशाख : मोरङ र बर्दिया जिल्लामा दुई बालिका बलात्कृत भएका छन् । मोरङको अम्बरदह–६ मा स्थानीय ६७ वर्षीय रामबहादुर घिमिरेले १४ बर्षीया बालिकाको बलत्कार गरेको प्रहरीले जनाएको छ । छिमेकीको घरबाट टिभि हेरेर घर फर्कने क्रममा घिमिरेले बालिकालाई छोपेर बलत्कार गरेका हुन् ।


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु