विराटनगर, १८ वैशाख : जिल्ला अदालत मोरङले पत्रकार खिलानाथ ढकाललाई कुटपीट गर्ने घट्नाका मुख्य अभियुक्त युवा संघका कार्यकर्ता पर्शुराम बस्नेतलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश चण्डीराज ढकालको इजलासले बस्नेतलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।
विराटनगर, १८ वैशाख : लामो समयदेख फरार रहँदै आएका अभियुक्त परशुराम बस्नेतले मोरङ जिल्ला अदालतमा आत्म समर्पण गरेका छन् । वस्नेतले बिहान ११ बजे उनले अदालतसामु आत्मसमर्पण गरेका हुन् । उनी विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि सांघातिक आक्रमण गरेपछि फरार रहँदै आएका थिए ।
विराटनगर, १५ वैशाख : महान्यायधिवक्ता मुक्तिनारायण प्रधानले नयाँ संविधानमा सरकारी वकिलहरुलाई तह अनुसार न्यायधिश सरहको हैसीयत दिनुपर्ने माग गरेका छन् । न्यायाधिश सरहको हैसीयत नदिए सरकारको फौजदारी न्यायको अनुसन्धान, अभियोजन र सम्पादन प्रणाली झन खराव भएर जाने प्रधानले बताए ।
मोरङ, १ वैशाख : झापाका पत्रकार यादव पौडेलको हत्या नियोजित रुपमा भएको उनका परिवारले दाबी गरेको छ । प्रहरीले बुधबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदन घटनालाई बङ्ग्याउने र वास्तविकता ढाकछोप गर्ने गरी आएको उनीहरुले आरोप लगाएका छन ।
विराटनगर- हिमालयन सेर्पा क्लवले विराट गोल्डकप फुटबलको उपाधि जितेको छ । विराटनगरको सहिद मैदानमा शनिवार भएको फाइनलमा अफ्रिकन युनाइडेटलाई १ शुन्यले हराउँदै हिमालय सेर्पाले उपाधि जितेको हो । हिमालयनलाई उपाधि दिलाउन खेलको एकमात्र गोल सोम लामाले खेल सुरु भएको सातौ मिनेटमा गरेका थिए ।