Tuesday, 22 May 2012 04:41 pm, Nepal

जेठ १४ सम्म संविधान जारी गर्न नसके ०४७ कै संविधान लागु हुने–देउवा

मेचीकाली : 2012-03-11 11:51:53

विराटनगर, २८ फागुन : कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले आउँदो जेठ १४ सम्म नयाँ संविधान जारी हुन नसके ०४७ सालको संविधानलाई परिमार्जन गरेर लागू गर्नुपर्ने सुझाव दिनुभएको छ । देउवाले २०४७ सालको संविधानमा गणतन्त्र, संघीयता, धर्म निरेपक्षता र समावेशीकरण थपेर जारी गर्न सकिने तर्क गर्नुभयो ।

पुरा पढ्नुहोस्

सरकारभन्दा शान्ति र संविधान मुख्य मुद्दा – नेता देउवा

मेचीकाली : 2012-03-10 14:08:17

मोरङ, २७ फागुन : नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकार परिवर्तनभन्दा पनि संविधान निर्माण सबैको पहिलो मुद्दा भएको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले तोकिएको समयमा संविधान निर्माण नभए दलहरुले निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।

पुरा पढ्नुहोस्

सातवुँदे बाहेक माओवादीसँग अब कुनै सम्झौता नहुने कांग्रेस सभापतिको भनाई

मेचीकाली : 2012-03-07 11:01:41

विराटनगर, २४ फागुन : नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आगामी चैतको पहिलो हप्तामा नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधान जारी नेपाली काँग्रेसको नेतृत्वको सरकारले गर्ने बताउनुभयो ।

पुरा पढ्नुहोस्

गुट्खा उत्पादनबारे सोधपुछ

मेचीकाली : 2012-03-06 16:38:16

विराटनगर, २३ फागुन : उद्योग विभागले मोरङ जिल्लामा गुट्खा उत्पादन गर्ने चुडामणि प्रोडक्टस् विराटनगरसँग गुट्खा उत्पादन सम्बन्धमा सोधपुछ गरेको छ ।    विभागका उपसचिव कृष्ण खनालको नेतृत्वमा आएको अनुगमन टोलीले सो प्रोडक्टस्लाई शिवशक्ति प्रोडक्सले उत्पादन गर्ने परागको ब्राण्ड चोरी हुवहु निकालेको भन्दै सोधपुछ गरेको हो ।

पुरा पढ्नुहोस्

काङ्ग्रेसको देशव्यापी नीतिगत प्रशिक्षण पूर्वाञ्चलबाट सुरु हुँदै

मेचीकाली : 2012-03-06 10:59:50

विराटनगर, २३ फागुन : राज्य पुनर्संरचनामा सुझाव लिन र सङ्गठन विस्तार गर्न नेपाली काङ्ग्रेसले आजदेखि देशव्यापी नीतिगत प्रशिक्षण कार्यक्रम सुरु गर्दैछ । पाँचवटै विकास क्षेत्रमा हुने प्रशिक्षण कार्यक्रम आज पूर्वाञ्चलको इटहरीबाट सुरु गर्न लागिएको हो । राज्य पुनर्संरचनामा सानो संख्यामा संघहरु बनाउनुपर्ने र तिनको नामाकरण जातीय आधारमा हुन नहुने काङ्ग्रेसको  धारणामा असहमति जनाएका मधेसी समुदायको सुझाव लिन काङ्ग्रेसले इटहरीबाट प्रशिक्षण सुरुवात गर्न लागेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु