Tuesday, 22 May 2012 04:44 pm, Nepal

पूर्वमा क्षेत्रीयस्तरको सहकारी अस्पताल बन्ने

रासस: 2010-10-31 17:04:31

मोरङ, १४ कात्तिक : नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको)ले पूर्वाञ्चलमा क्षेत्रीय अस्पताल निर्माण गर्ने भएको छ । संस्थाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएकोे हो । पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र पाण्डेले पाँच विकास क्षेत्रमा रु २८५ करोड लगानीमा अस्पताल निर्माण गर्न लागिएको जानकारी दिए । नेकोमा एक हजार ६०० सदस्य सङ्ख्या रहेको जानकारी दिंदै उनले संस्थाको सेयर सदस्यता लिनसमेत आग्रह गरेका छन् ।

पुरा पढ्नुहोस्

नेसनल ट्रेडिङमा सामानको अभाव

मेचीकाली : 2010-10-29 17:08:14

विराटनगर, १२ कात्तिक : सरकारको पूर्ण स्वामित्वमा सञ्चालित नेसनल  ट्रेडिङ लिमिटेड विराटनगर शाखामा दैनिक उपभोग्य वस्तुको अभावले कारोबारमा कमी आएको छ । विराटनगरमा लामो समयदेखि उपभोग्य वस्तुको काराबार गर्दैआएको नेसनल ट्रेडिङमा खरिद बिक्रीका सामानको अभावले कर्मचारीहरू त्यत्तिकै दिन बिताउन वाध्य छन् ।    भदौ महिनादेखि दसैँ तिहारमा सामान खरिद बिक्रीमा छूट दिएका कारण सबै दैनिक उपभोग्य सामान बिक्री भइसकेको र केन्द्रीय कार्यालयबाट मागअनुसारको गुणस्तरीय एवम् ब्रान्डेड मदिरालगायत लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान नआएपछि कारोबार गर्न समस्या परेको शाखा प्रमुख तीर्थराज नेपालले बताए ।

पुरा पढ्नुहोस्

मधेशवादी दलका कारण नामावली सङ्कलन कार्य बन्द

मेचीकाली : 2010-10-28 14:31:42

विराटनगर, ११ कात्तिक : जिल्ला निर्वाचन कार्यालय मोरङले सुरु गरेको फोटोसहितको मतदाता परिचयपत्र सङ्कलन कार्य मधेसवादी दलका कारण स्थगित गर्नुपरेको जनाएको छ । एक महिना पहिले सुरु भएको यो कार्य पहिलो चरणमा १० वटा वडामा २९ हजार ७४३ जना र दोस्रो चरणमा १२ वटा वडामा सात हजार ५२४ जनाको फोटोसहितको मतदाता परिचयपत्र बनाउने कार्य सम्पन्न गरेको छ । मधेसवादी दलहरुले कार्यालयको काममा अवरोध गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले तत्काल सुरक्षा दिन नसक्ने बताएपछि सो कार्य बन्द भएको बताइएको छ ।

पुरा पढ्नुहोस्

प्रहरी भर्ना अनियमितताको छानविन सुरु

रासस: 2010-10-26 16:02:28

मोरङ, ९  कात्तिक : प्रहरी जवान भर्नामा अनियमितता भएको उजुरीमाथि छानविन गर्न गृहमन्त्रीले निर्देशन दिएपछि गृहमन्त्रालयको टोलीले पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्रमा छानविन थालेको छ । प्रहरी जवानको भर्नामा पूर्वक्षेत्रीय तालिमकेन्द्रमा जवान भर्ना कार्यमा रु दुई लाखसम्मको लेनदेन भएको गृहमन्त्रीसमक्ष उजुरी परेपछि छानविनका लागि गृहले सहसचिव कैलाश खरेलको संयोजकत्वमा दुई सदस्यीय टोली त्यसतर्फ पठाएको थियो । प्रहरी स्रोतका अनुसार टोलीले सोमबारदेखि आवश्यक छानविन सुरु गरेको छ ।  

पुरा पढ्नुहोस्

अझैसम्म क्षतिपूर्ति पाएनन् पिडित परिवारले

मेचीकाली : 2010-10-25 15:56:19

मोरङ, ८ कात्तिक : सात महिनाअघि भारतीय सीमा सुरक्षावल (एसएसवी)का प्रहरीले नेपालमै आएर गोली प्रहार गरी हत्या गरेका व्यक्तिको परिवारले अझैसम्म क्षतिपूर्ति पाएका  छैनन् । मोरङको अमाही वरियाती–७ खयरवोना बस्ने ५५ वर्षीय वासुदेव शाहको गत जेठ ११ गते मङ्गलबार ९ बजे साँझ सीमावर्ती भारतीय गाउँ गरैया लैलोखर सीमा सुरक्षा क्याम्पबाट आएका एसएसबीका इन्स्पेक्टर हितेन्द्र सिंह र अर्का एक कन्सटेवलले नेपालभित्रै आएर पेस्तोल चलाई स्थानीयवासी वासुदेव शाहको हत्या गरेका थिए । घटनापछि भारतीय पक्षले दोषीमाथि कारबाही गर्ने र क्षतिपूर्तिका लागि पहल गर्ने भनिए पनि आफूहरुले अहिलेसम्म कुनै क्षतिपूर्ति नपाएको वासुदेवका जेठा छोरा गौतम कुमारले बताए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु