Tuesday, 22 May 2012 04:45 pm, Nepal

‘जर्नेल नपाए सेना समायोजन हुँदैन’

मेचीकाली : 2012-03-05 19:20:03

सोलुखुम्बु, २२ फागनु: ऊर्जा मन्त्री पोष्टबहादुर बोगटीले सेना समायोजनमा माओवादीले जर्नेल नपाएसम्म कुनै पनि हालतमा समायोजन हुन नसक्ने स्पष्ट पार्नुभएको छ । माओवादी सचिवसमेत रहनुभएका मन्त्री बोगटीले आज बिहान सोलुखुम्बुमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी सेना समायोजन अरु अवस्था भन्दा बिशिष्ट भएकाले मापदण्ड भन्दा पनि राजनैतिक निणर््ँयका आधारमा समायोजन गरिनु पर्ने जिकिर गर्नुभयो ।

पुरा पढ्नुहोस्

सीमा विवादका कारण ५० वर्षदेखि मैलीको जग्गा जमिन किनबेच बन्द

रासस: 2011-12-08 08:48:15

सोलुखुम्बु, २२ मंसिर : सोलुखुम्बु जिल्लाको गोली गाविस वडा नं. ४ मैलीमा सीमा विवादका कारण विगत ५० वर्षदेखि कुनै जग्गा जमिन किनबेच नभएको गोली गाविसका स्थानीय बासिन्दाले बताएका छन् । बृहत् एकीकृत घुम्ती शिविरअन्तर्गत जिल्लाको गोली गाविसमा भएको सार्वजनिक सुनुवाइमा सहभागीहरूले सो कुरा बताएका हुन् ।

पुरा पढ्नुहोस्

फाप्लुमा उडान नहुँदा बिरामी मर्कामा

रासस: 2011-11-17 14:05:09

सोलुखुम्बु, १ मंसिर : खराब मौसमका कारण फाप्लु विमानस्थलमा छ दिनदेखि उडान नहुँदा काठमाडौँ रिफर गरिएका बिरामी मारमा परेका छन् । बाक्लो हुस्सु र सिमसिम पानी परेका कारण कुनै पनि कम्पनीका विमानले उडान भर्न सकेका छैनन् । पाँच दिनदेखि फाप्लुमा कुनै उडान नभएको नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । मौसम बिग्रिएको आज छैटौँ दिन सबै उडान पनि रद्ध गरिसकिएको उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।

पुरा पढ्नुहोस्

लुक्ला र फाप्लुको मौसम अझै खुलेन

मेचीकाली : 2011-11-14 11:17:21

सोलुखुम्बु, २८ कात्तिक : तीन दिनदेखि लुक्लाको मौसम पुनः बिग्रिएपछि तेन्जिङ हिलारी विमानस्थल लुक्लाको हवाई उडान प्रभावित भएको छ । आज बिहानै लुक्लाबाट काठमाडौँका लागि उडेको फिस्टेल र डाइनेस्टिकका दुई हेलिकोप्टर खराब मौसमका कारण लुक्लामै फर्किएको र कामाडौँबाट पनि लुक्लाका लागि उडेको दुई हेलिकोप्टर बीचबाटै काठमाडौँ  फर्किएको नागरिक उड्ड्यन प्राधिकरण लुक्लाले जनाएको छ ।

पुरा पढ्नुहोस्

लुक्लाको मौसम फेरि बिग्रियो

मेचीकाली : 2011-11-13 19:46:32

सोलुखुम्बु, २७ कात्तिक : मौसम सुधार भएको एक हप्ता बित्न नपाउँदै फेरि सोलुखुम्बुको खुम्बु क्षेत्र र फाप्लुमा खराब मौसमका कारण आज तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुईवटा अग्नि एयरका डोर्नियर र तारा एयरको एउटा विमानले मात्र उडान भरेका छन् । फाप्लुमा भने कुनै उडान हुन सकेन । आज तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तारा एयरका १८, अग्नि एयरका १३ र सीता एअरका तीन गरी ३४ वटा नियमित उडान भएकामा तीनवटा मात्र उडान भएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु