dashain
Thursday, 18 October 2018 10:29 pm, Nepal

साप्सुखोलाबाट विद्युत् उत्पादन गरिने

मेचीकाली : 2018-10-10 04:26:08

खोटाङ, २४ असोज : थ्रीस्टार हाइड्रोपावर कम्पनी भक्तपुरले खोटाङको साप्सुखोलाबाट ७ दशमलव १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको छ । रु एक अर्ब ५० करोड लगानीमा उत्पादन हुने जलविद्युत्का लागि राष्ट्रिय वाणिज्य बैंकको ७० र उपभोक्ताको ३० प्रतिशत शेयर लगानी रहने जनाइएको छ ।

पुरा पढ्नुहोस्

एउटै वडामा पाँच वटा सडक एकैसाथ उद्घाटन

मेचीकाली : 2018-04-19 13:17:14

खोटाङ, ६ वैशाख : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एकैसाथ पाँच सडक उद्घाटन गरिएको छ । एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक बुधबार उद्घाटन गरिएको हो ।

पुरा पढ्नुहोस्

अनियमित विद्युत् आपूर्तिले उपभोक्ता हैरान

मेचीकाली : 2018-03-08 17:11:57

खोटाङ, २४ फागुन : पटकपटकको विद्युत् आपूर्ति बन्दले खोटाङ र ओखलढुङ्गाका उपभोक्ता हैरान भएका छन् । लामो दूरी, जंगलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जाने गर्दा पटकपटक विद्युत् आपूर्ति बन्द हुन्छ । यो समस्याबाट दुई जिल्लाका हजारौँ सेवाग्राही हैरानीमा परेका हुन् ।

पुरा पढ्नुहोस्

तीन महिलाको हत्या गर्ने दोषी पहिचान भएनन्

मेचीकाली : 2018-01-12 13:20:08

खोटाङ, २८ पुस : तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्या गर्ने दोषी पत्ता लाग्न सकेको छैन । २०७३ साल माघ २६ गते बुधबार बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका–६, दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता लाग्न नसकेको हो ।

पुरा पढ्नुहोस्

स्थानीय तहका जनप्रतिनिधिले नेपाली पोशाक लगाउने

मेचीकाली : 2018-01-09 10:52:43

खोटाङ, २५ पुस : स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन् । पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन् । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु