Tuesday, 22 May 2012 04:46 pm, Nepal

चाउचाउ खाँदा होस गरौं है !

मेचीकाली : 2012-04-23 12:42:20

खोटाङ, ११ वैशाख : खोटाङमा चाउचाउ खाँदा बिरामी भएकी एक युवतीको स्वास्थ्य अवस्था झन् गम्भीर बनेको छ । चाउ–चाउँ खाँदा बिरामी भएकी सदरमुकाम दिक्तेल–४ की १६ वर्षीया तिलामाया आचार्यको स्वास्थ्य अवस्था झन गम्भीर बनेको हो ।


पुरा पढ्नुहोस्

'प्रजातन्त्रको मुल्यमान्यताप्रति कांग्रेसले कसैसँग सम्झौता नगर्ने'

मेचीकाली : 2012-04-18 11:46:36

खोटाङ, ६ वैशाख : नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले लोकतन्त्र र प्रजातन्त्रको मूल्य र मान्यताप्रति कांग्रेसले कसैसँग कहिल्यै सम्झौता नगर्ने बताउनु भएको छ । खोटाङमा आयोजित एक कार्यक्रममा बोल्दै कोईरालाले शान्ति र संविधानसँग प्रत्यक्ष गाँसिएको प्रजातन्त्रको मुल्य र मान्यताप्रति पार्टीले कसैसँग पनि  सम्झौता नहुने बताउनु भएको हो । 


पुरा पढ्नुहोस्

खोटाङमा खम्बुवान राष्ट्रिय मोर्चाको नाममा चन्दा आतंक

मेचीकाली : 2012-04-01 19:06:27

खोटाङ, १९ चैत : खोटाङमा खम्बुवान राष्ट्रिय मोर्चाको नाममा शिक्षकहरुबाट जबरजस्ती चन्दा उठाउन थालिएको छ । मोर्चाको नाममा जिल्लाको उत्तरी क्षेत्र सुङदेल, दिप्सुङ, राखालगायतका गाबिसका अधिकांश शिक्षकहरुबाट जबरजस्ती चन्दा उठाउन थालिएको हो । मोर्चाको नाममा एक समुहले जिल्लाका प्रावि तहका शिक्षकहरुबाट २ हजार, निमावि तहका शिक्षकहरुबाट २ हजार १ सय तथा मावि तहका शिक्षकहरुबाट २ हजार ७ सयका दरले चन्दा उठाइरहेका छन् ।

पुरा पढ्नुहोस्

सासुले खुकुरी हान्दा बुहारी घाइते

मेचीकाली : 2012-03-25 20:27:16

खोटाङ, १२ चैत : आफ्नै सासुको खुकुरी प्रहारबाट खोटाङमा एक महिला घाईते भएकी छन् । ७३ वर्षीय सासु सञ्चहिरा राईको खुकुरी प्रहारबाट बाम्राङ–१ का ५१ वर्षीया बुहारी शिवकुमारी राई घाईते भएकी हुन् ।घरायसी विवादकाक्रममा सासु सञ्चहिराले बुहारी शिवकुमारीलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

ज्वाइँद्वारा सासूमाथि खुकुरी प्रहार

रासस: 2012-03-13 12:37:22

खोटाङ, ३० फागुन : हत्या गर्ने उद्देश्यले खोटाङमा आफ्नै ज्वाइँले सासूलाई खुकुरी प्रहार गरेका छन् । चिउरीडाँडा– ४ का रामकृष्ण राईले सोमबार बेलुकी खुकुरी प्रहार गर्दा चिउरीडाँडा–८ का लीलाकुमार राईकी श्रीमती ५० वर्षीया ज्ञानकुमारी राई गम्भीर घाइते भएकी छिन् । छिमेकीको घरमा बसिरहेको अवस्थामा रामकुष्णले एक्कासि सासूको टाउकोमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट ज्ञानकुमारीको अनुहार र घाँटीमा गहिरो चोट लागेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु