Tuesday, 22 May 2012 04:47 pm, Nepal

उदयपुर सिमेण्ट उद्योगका दुई कर्मचारी निलम्वीत

मेचीकाली : 2012-05-04 08:39:25

उदयपुर, २२ वैशाख : नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर जागिर खाईरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेण्ट उद्योग जलजलेका दुई अधिकृतलाई निलम्बन गरेको छ अख्तियारले गरेको शैक्षिक योग्यता छानविनका क्रममा उद्योगका छैठौं तहका अधिकृतद्वय हेमकुमार दाहाल, तुलसीराम ढुंगानाको सर्टिफिकेट नक्कली फेला परेको हो । 


पुरा पढ्नुहोस्

बन्द रहेको उदयपुरको घुर्मी बजार सहमतिपछि खुल्यो

मेचीकाली : 2012-04-16 17:44:29

उदयपुर, ४ वैशाख : कुटपिटको विषयलाई लिएर आज विहानैदेखी बन्द रहेको उदयपुरको पश्चिमी व्यापारी केन्द्र लेखानी २ घुर्मी बजार सहमतिपछि साँझमा खुलेको छ । घाईतेको उपचार खर्च बेहोर्नै, दोषीलाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाउने निर्णय भएपछि बन्द बजार खुलेको उद्योग वाणिज्य संघले जनाएको छ । 


पुरा पढ्नुहोस्

कंग्रेस सभासद लक्ष्मी परियारमाथि हातपात

मेचीकाली : 2012-04-08 14:15:50

उदयपुर, २६ चैत : उदयपुरमा स्थानीय युवाको एक समुहले नेपाली कंग्रेसकी सभासद् लक्ष्मी परियारमाथि हातपात गरेको छ । ना ३ ख ५०७२ नम्बरको परेली यातायातमा काठमाडौबाट गाईघाट जादै गरेकी सभासद परियारलाई बिहान ५ बजे त्रियुगा नगरपालिका— ८ बगहाको सालधारी चौकमा /बस रोकेर ८/९ जनाको समुहले कुटपिट गरेको हो ।

पुरा पढ्नुहोस्

सबै एक जुट भए तोकिएकै समयमा संविधान आउँछ

मेचीकाली : 2012-04-01 18:23:51

उदयपुर, १९ चैत : नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति र स्थायित्व कामय नभएसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् । सबै पार्टीहरु एक जुट भएर लागे तोकिएकै समयमै संविधान आउने उनको भनाई छ । नेपाली कांग्रेसको जिल्लास्तरीय भेलालाई संबोधन गर्न उदयपुर पुग्नु भएका कोईरालाले प्रेस युनियन उदयपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका छन् । कोईरालाले सरकार स्थायी हुन नसक्ने हो भने अबकोे\१० वर्षमा मुलुक कायपलट हुन सक्ने पनि उनले आशंका ब्यक्त गरे ।

पुरा पढ्नुहोस्

प्रहरीका असईद्वारा कञ्चनमा गोली हानेर आत्महत्या

मेचीकाली : 2012-02-24 11:29:53

उदयपुर, १२ फागुन : उदयपुरको जाल्पाचिलाउने गाविसस्थित सुकौरा अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बलबहादुर राउतले आत्महत्या गरेका छन् । आज विहान ७ बजेतिर राउतले आफैले बोकेको पेस्तोलले कन्चटमा प्रहार गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पारिवारिक तनावका कारण राउतले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएपनि आत्महत्याको मूख्य कारण भने पत्ता लागेको छैन ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु