Tuesday, 22 May 2012 04:47 pm, Nepal

पत्नी हत्या अभियोगमा सैनिक जवान पक्राउ

मेचीकाली : 2010-11-16 09:48:34

उदयपुर, ३० कातिक : नन्दबक्स गण उदयपुरमा कार्यरत नेपाली सेनाका अमल्दार पदम पाण्डेलाई श्रीमतीे हत्याको अभियोगमा पक्राउ गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ घर भई उदयपुरमा कार्यरत अमल्दार पदम पाण्डेलाई आज बिहान नियन्त्रणमा लिइएको हो । प्रहरी निरीक्षक कुलप्रसाद चौधरीका अनुसार त्रियुगा नगरपालिका–२ मा डेरा गरिबसेकी पाण्डेकी २१ वर्षीया श्रीमती इन्दिरा पाण्डेको हिजो राति मृत्यु भएको हो । श्रीमती इन्दिराको हत्या भएको भन्दै गाउँलेले खबर गरेपछि अमल्दार पाण्डेलाई पक्राउ गरिएको हो ।

पुरा पढ्नुहोस्

महिला बिक्री गर्न खोज्ने प्रहरीको हिरासतमा

रासस: 2010-11-14 16:46:28

गाईघाट, २८ कात्तिक : उदयपुरको हँडिया गाविस–४ को गिरीबहादुर मगरको श्रीमती ईश्वरा मगरलाई बेपता बनाई बेच्न खोज्ने हँडियाकै कुमार कार्कीलाई हालै प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । केही दिनअघि ईश्वरा मगरलाई हँडियाकै कुमार कार्की र तारा महताराले ललाई–फकाई काठमाडौँ पु¥याएका थिए । तर ईश्वराका बाबु सन्तोष मगर र भाइ प्रकाश मगरले प्रहरीमा जाहेरी गरेपछि कुमार कार्की र तारा महताराले ईश्वरालाई उदयपुरको जलजलेमा ल्याई छोडेका थिए ।

पुरा पढ्नुहोस्

गाइ काट्नेलाई कार्बाही गर्न माग गर्दै चक्काजाम

मेचीकाली : 2010-11-11 12:38:37

उदयपुर, २५ कात्तिक : तिहारको लक्ष्मीपूजाको दिन गाई काटेर खाएको विरोधमा गाईघाट-कदमाहा सडकखण्डमा स्थानीयले आज चक्काजाम गरेका छन्। स्थानीय दौलतपुरबासीले पौने ११ बजेदेखि एक घण्टाका लागि गरेको चक्काजामका कारण गाईघाटदेखि लाहान, धरान, बिराटनगर, काठमाडौंलगायत विभिन्न ठाउँ जाने-आउने तीनदर्जन बढी यात्रुबाहक बस तथा मालबाहक गाडीहरु रोकिएर हजारौं यात्रु अलपत्र परे।

पुरा पढ्नुहोस्

दुर्घटनामा एकको मृत्यु, गाईघाट तनावग्रस्त

मेचीकाली : 2010-10-21 12:51:22

उदयपुर, ४ कात्तिक : खलासीले चलाएको बसको ठक्करबाट गम्भीर घाइते बनेका उदयपुरको त्रियुगा नपा–१ करमगाछीका १८ वर्षीय सुदिप खड्कालाई उपचारका लागि धरान लानेक्रममा आज बिहान मृत्यु भएको छ । गाईघाटबाट काठमाडौँ जान लागेको ना३ख ८४३१ नंको उदयपुर सफरीले उदयपुरको त्रियुगा नगरपालिका–१ करमगाछीमा बिहान ६ बजे सडकमा हिँड्दै गरेका युवकलाई ठक्कर दिएर बस भागेको थियो ।

पुरा पढ्नुहोस्

हत्याको अभियोगमा १५ गिरफ्तार

रासस: 2010-10-06 14:50:26

उदयपुर, २० असोज : उदयपुरको बसहा गाविस–४ भोर्लेनीमा गएराति गाउँलेको समूहले कुटपिट गरी एक युवकको हत्या गरेका छन् । स्थानीय एक महिलालाई बलात्कार गर्न खोजेको भन्दै गाउँलेको समूहले कुटपिट गर्दा ३९ वर्षीय उत्तम राईको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका राईको उपचार गर्न लाँदैगर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।    राईको हत्यामा संलग्न भएको भन्दै १४ जना स्थानीयलाई प्रहरीले आज बिहान गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज अमिरी यादवले बताए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु