सिरहा, ५ जेठ : सिरहाको गाढा गाबिसमा आफ्नै श्रीमानले श्रीमतीको गोली हानी हत्या गरेका छन् । सिरहाको गाढा गाविस वडा नम्बर ९ का ३५ बर्षिय श्याम सुन्दर महतोले श्रीमती बबिता महतोलाई गोली हानी हत्या गरेर फरार भएको वडा प्रहरी कार्यलय लहानले जानकारी दिएको छ ।
सिरहा, २ जेठ : गएराती सिरहाको अयोध्यानगर ३ कसहामा हतियारधारी डाकाहरुको एक समूहले लाखौंको धनसम्पति लुटेर लगेका छन् । स्थानीय आठ घरपरिबारबाट करिब १५ लाख भन्दा बढीको धनसम्पति लुटेर लगेको स्थानीयबासिन्दाले बताएका छन् । १०/ १२ जनाको समूहमा आएका डाकाहरुले राति एक बजेदेखि दुई बजेसम्म गाउँलेलाई नियन्त्रणमा लिएर हतियार देखाई डकैती गरेका थिए ।
सिरहा, २७ वैशाख : भारतमा जग्गाजमिन भोगचलन गर्दै नेपाली नागरिकता लिने एक भारतीयलाई इलाका प्रशासन कार्यालयको निर्देशनमा पक्राऊ गरिएको छ । नक्कली कागजात देखाई गत २०६३ सालमा गाउ“घरमा खटिएको टोलीबाट नेपाली नागरिकता लिई आङ्खनो नाता कुटुम्बको घरजग्गा हडप्न खोज्ने विन्दालाल साहलाई इलाका प्रशासन कार्यालय लहानको निर्देशनमा प्रहरीले हिजो पक्राउ गरेको हो ।
सिरहा, २४ वैशाख : चिकित्सकहरुको लापरबाहीले लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका अस्पतालमा स्वास्थ्य सेवा अस्तव्यस्त बनेको छ ।अस्पतालभित्र जताततै फोहोर देखिन्छ भने अस्पताल अगाडि सडकपेटीमा झुप्राहरु निर्माण भएका छन् । अस्पतालमा आउने बिरामीहरु निजी क्लिनिकमा गएर उपचार गराउन बाध्य छन् ।
सिरहा, १६ बैशाख : आइतबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । गएराती पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको पडरियामा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको भदैया १ बस्ने ४५ वर्षका लोकबहादुर मगरको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लहानले जनाएको छ । पूर्ववाट पश्चिम जाँदै गरेको स २ प ९८८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स १ त २०५० नम्बरको ट्याक्टर र सोही दिशाबाट आउँदै गरेको ना ४ ख ७३२३ नम्बरको मालवाहक ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय लहानले जनाएको छ ।