लहान, ४ माघ : प्रधानमन्त्री डा.बाबुराम भट्टराईको सरकार राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने ठोकुवा गर्नुभएको छ । एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारले अविलम्व राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार बनाउन मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । आज लहानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खनालले यही सरकारमा सामेल भएमा अरु पार्टी पनि चुर्लुम्मै डुब्ने दावी गर्नुभयो ।
लहान, ३ माघ : मधेसवादी दल र नेताले मधेस आन्दोलनको स्मरण गर्दै लहानस्थित सहिद रमेश चोकमा बलिदानी दिवस मनाउन थालेको पाँच वर्ष पुग्दैछ, तर आन्दोलनमा घाइते भएकाका लागि भने त्यो दिन मन दुखाउने गरी आउने गर्छ ।
सिरहा, १० पुस : शान्तिपूर्ण तरिकाले निकालिएको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज गरेपछि सिरहा बन्द गरिएको छ । प्रदर्शनकारीले चोकचोकमा टायरबाली प्रर्दशन गरेका छन् भने पसल, सवारी सधान चल्न सकेको छैन् । प्रहरीको लापरबाहीकै कारण सिरहाको विहिवार बिहान २ बजे बेल्हामा भएको लुटपाट र गोली प्रहार घटनामा १५ वर्षिय सुरेश साहको मृत्यु भएपछि सिरहा तनावग्रस्त भएको हो ।
लहान, ७ पुस : सिरहाको पश्चिमवर्ती बेलहा गाविस ३ मा गएराति लुटपाट गर्न आएको सशस्त्र डाकाहरूको प्रतिकार गर्दा एक किशोरको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । प्रतिकारको क्रममा डाकाको गोली लागी गम्भीर घाइते भएका १४ वर्षीय सुरेशकुमार यादवलाई उपचार गर्न सिरहा अस्पताल लैजाँदै गर्दा अत्यधिक रक्तस्राव भई बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक जय सापकोटाले जानकारी दिनुभयो ।
लहान, २९ मंसिर : तराईका जिल्लामा पछिल्लो एक हप्तादेखि जारी शीतलहरले अत्यधिक चिसो बढेको छ । शीतलहरले सिरहाका लहान, धनगढी, गोलबजार, चोहर्वा, मिर्चैया, सिरहा सदरमुकामलगायतका व्यापारिक ठाउँमा चहलपहल कम भएको लहान उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक अग्रवालले जानकारी दिनुभयो ।